Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा एकै दिन झण्डै १२ हजार कोरोना संक्रमित, नौ हजारभन्दा बढीको मृत्यु

भारतमा एकै दिन झण्डै १२ हजार कोरोना संक्रमित, नौ हजारभन्दा बढीको मृत्यु


नयाँदिल्ली, असार १
भारतमा कोरोनाभाइरसको महामारीबाट संक्रमितहरुको संख्या हरेक दिन बढ्दै गइरहेको छ । दैनिक संक्रमितको संख्या अघिल्लो दिनभन्दा पछिल्लो दिन बढी देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ११ हजार ९२९ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यो तथ्यांक पनि दैनिक संक्रमितहरुको संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीहरुको भनाइ छ । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन लाख २० हजार ९ सय २२ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ३११ जनाको कोरोनाभाइरसबाट संक्रमित भएकै कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या नौ हजार १ सय ९५ पुगेको छ ।

देशभर कुल संक्रमितमध्ये एक लाख ४९ हजार ३ सय ४८ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु एक लाख ६२ हजार ३ सय ७९ जना संक्रमण मुक्त भएका छन् । सबैभन्दा धेरै संक्रमित रहेको महाराष्ट्र प्रदेशमा मात्रै एक लाख चार हजार ५ सय ६८ जना संक्रमित भएका छन् । त्यसैगरी दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा ४२ हजार ६ सय ८७ जना र तेस्रो धेरै संक्रमित रहेको दिल्ली प्रदेशमा ३८ हजार ९ सय ५८ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । (रासस/एएनआई)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया