Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशमा कोभिड–१९ संक्रमितको संख्या ८७ हजार, मृत्यु संख्या एक हजार १ सय ७१

बंगलादेशमा कोभिड–१९ संक्रमितको संख्या ८७ हजार, मृत्यु संख्या एक हजार १ सय ७१


ढाका, असार १
बंगलादेशमा कोभिड–१९ संक्रमितको संख्या आइतबार ८७ हजार पुगेको त्यहाँको स्वास्थय मन्त्रालयले पुष्टि गरेको छ । बंगलादेशमा दैनिक तीन हजारभन्दा बढीको दरले संक्रमण फैलिएको मन्त्रालयका उच्च अधिकारी नसिमा सुल्तनाले बताए । उनका अनुसार विगत २४ घण्टामा तीन हजार १ सय ४१ जना संक्रमित भएका छन् । सुल्तनाले पत्रकार सम्मेलनमा भने, ‘अहिलेसम्म बंगलादेशमा मृत्यु हुनेको संख्या ८७ हजार ५ सय २० पुगेको छ भने एक हजार १ सय ७१ रहेको छ ।

विगत २४ घण्टामा २७ पुरूष र पाँच महिला गरी ३२ संक्रमितको मृत्यु भएको छ ।’ बंगलादेश विगत २४ घण्टाको अवधिमा १४ हजार ५ सय ५ जनाको कोभिड–१९ परीक्षण भएको थियो । यो समयमा ९ सय ३ जना निको भै अस्पताल र क्लिनिकबाट घर फर्किएका छन् । योसँगै अहिलेसम्म निको हुनेको संख्या १८ हजार ७ सय ३० पुगेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया