Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना भाइरसबाट विश्वमा ४ लाख ३५ हजार बढीको मृत्यु, ८० लाख पुगे संक्रमित

कोरोना भाइरसबाट विश्वमा ४ लाख ३५ हजार बढीको मृत्यु, ८० लाख पुगे संक्रमित


काठमाडौं, असार २
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३५ हजार ६ सय ८१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७९ लाख ९७ हजार ६ सय ९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । सोमबारसम्म भाइरसका कारण बिरामी भएका ४१ लाख २९ हजार ३ सय ९ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३४ लाख ३२ हजार ६ सय १९ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ४ सय ६० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख ६२ हजार २ सय २८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १७ हजार ८ सय ५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १४ लाख २६ हजार ३ सय ८७ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ६० हजार ४ सय ८४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २४ लाख ८६ हजार ४ सय ८३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४५ हजार ७ सय ७२ जनाको मृत्यु भएको छ । युरोपमा २२ लाख ६ हजार ५ सय ११ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८२ हजार ८ सय ८१ को मृत्यु भएको छ । एसियामा १६ लाख २२ हजार ७ सय ९९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४० हजार ३ सय ५१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ४५ हजार ७ सय ६२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६ हजार ५ सय ५४ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९ सय ४६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय २४ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया