Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदिल्लीमा लकडाउन नबढाइने, केन्द्रीय गृहमन्त्रीद्वारा सर्वदलीय बैठक

दिल्लीमा लकडाउन नबढाइने, केन्द्रीय गृहमन्त्रीद्वारा सर्वदलीय बैठक


नयाँ दिल्ली, असार २
भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा अव लकडाउन नलम्बिने भएको छ । दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानीमा फेरि लकडाउन लागु पर्ने पक्ष र योजनामा आफू नरहेको सोमबार बताएका हुन् । ‘आम नागरिकलाई लकडाउनले मर्कामा पारेको छ, दिल्लीमा फेरि लकडाउन लम्ब्याउने मेरो योजना छैन’, उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

यसअघि केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा पनि यही बारेमा छलफल भएको थियो । केन्द्रीय राजधानी समेत रहेकाले केन्द्रीय सरकारले समेत चासो राखेर छलफल गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

बैठकमा मुख्यमन्त्री केजरीवालको पार्टी आम आद्मी पार्टी (आप)का सांसद संजय सिंह पनि सहभागी हुनुभएको थियो । बैठकमा विरामीहरुका लागि शैया संख्या बढाउने बारेमा पनि छलफल भएको थियो । भारतीय जनता पार्टी (भाजपा), भारतीय राष्ट्रिय काँग्रेस, आम आद्मी पार्टीका प्रतिनिधि र सरकारी उच्च अधिकारीहरु पनि बैठकमा सहभागी भएका थिए । बैठकमा लकडाउनलाई लम्याउने कि नलम्याउने, फैलिँदै गरेको कोरोनाभाइरसको संक्रमणलाई कसरी न्युनिकरण गर्ने, अभाव वा समस्याहरु के के छन्लगायतका विषयमा पनि छलफल भएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया