Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी सैनिकको संख्या बढाउने विषयमा जर्मनीलाई आश्वस्त पार्दै पोल्याण्ड

अमेरिकी सैनिकको संख्या बढाउने विषयमा जर्मनीलाई आश्वस्त पार्दै पोल्याण्ड


पोल्यान्ड, असार २
अमेरिकी सैनिकको संख्या बढाउने पोल्याण्डको योजनाबारे प्रधानमन्त्री मातेउज मोराविकीले सोमबार जर्मनीलाई आश्वस्त पारेका छन् । पोल्याण्डमा अमेरिकी सैनिकको संख्या बढाउने विषय जर्मनीले असहज रूपमा लिएपछि पोल्याण्डको सरकारको तर्फबाट जर्मनीको विश्वास लिने प्रयास भएको हो ।

‘अमेरिकाले जर्मनीमा आफ्नो सैनिकको उपस्थितिलाई घटाउने योजना वाल स्ट्रिट जोर्नलमा प्रकाशित समाचारमा आएको केही दिनपछि पोल्याण्डमा अमेरिकी सैनिकको केही संख्यालाई बढाउने योजना अघि सारिएको हो’, सोमबारको एक अन्तर्वार्तामा मोराविकीले भने, ‘हाम्रो चाहना अमेरिकी सेनाको जर्मनीमा हुने खर्चमा कटौति गर्ने होइन ।’ जर्मन विदेश मन्त्री हेको मासको मङ्गलबार हुने वार्सा भ्रमणको पूर्वसन्ध्यामा पोलिस प्रधानमन्त्रीको यो भनाइ आएको हो ।

अमेरिकाले जर्मनीमा रहेको आफ्नो सैनिक संख्यालाई ३४ हजार ५ सयबाट २५ हजारमा झार्ने अमेरिकी योजना र पोल्याण्डमा अमेरिकी सैनिक थप्ने चर्चाप्रति जर्मनीका राजनीतिज्ञरूले चासो व्यक्त गरिरहेका समय पोल्याण्डका प्रधानमन्त्रीले जर्मनीको संख्या काटेर पोल्याण्डमा लाने नभई अमेरिकासँग यसबारे छुट्टै छलफल भइरहेको बताए । जर्मनीको सेना काटेर पोल्याण्ड लाने विषय नेटो गठबन्धनमाथि घातक र रूसी रणनीतिकको अर्को विजय हुने भन्दै उनले जर्मनीलाई विश्वस्त पार्ने प्रयास गरेका छन् । तर अमेरिकाले जर्मनीबाट हटाउने सैनिकलाई पोल्याण्डमा राख्ने हो वा छुट्टै थप वललाई यूरोप ल्याउने हो भन्नेबारे अझै प्रष्ट भएको छैन ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया