Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुरोपेली केन्द्रीय बैंकले पाँच वर्षपछि घटायो ब्याजदर

युरोपेली केन्द्रीय बैंकले पाँच वर्षपछि घटायो ब्याजदर


जर्मनी । युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले सन् २०१९ पछि पहिलो पटक ब्याजदर घटाएको छ । चार प्रतिशत रहेको बैंकको मुख्य दरलाई तीन दशमलव ७५ प्रतिशतमा झारेको छ । ईसीबीकी अध्यक्ष क्रिस्टिन लागार्डले मुद्रास्फीतिको दृष्टिकोणमा स्पस्ट सुधार भएकाले दर कटौती गरिएको बताएकी छन् ।

ईसीबीले बिहीबार २०–राष्ट्रिय युरो जोनमा मुद्रास्फीतिको दबाबको बाबजुद पनि ब्याजदरमा ब्यापकरुपमा अपेक्षित कटौती गरेको हो । अध्यक्ष लागार्डले मुद्रास्फीतिको लक्ष्य दुई प्रतिशतभन्दा माथि रहने सम्भावना रहेको, सन् २०२४ मा साढे दुई प्रतिशत र सन् २०२५ मा दुई दशमलव दुई प्रतिशत पुग्ने चेतावनी दिएकी छन् । ईसीबीले मे महिनामा मुद्रास्फीतिमा केही वृद्धि भए पनि दरहरु कटौती गर्ने निर्णय गरेको हो । अप्रिलमा दुई दशमलव चार प्रतिशत रहेको मुद्रास्फीति मेमा दुई दशमलव छ प्रतिशत पुगेको थियो ।

बढ्दो ऊर्जा र खाद्य लागतलाई नियन्त्रण गर्न सन् २०२२ को मध्यमा सुरु गरिएको यूरो क्षेत्र दर वृद्धिको उच्चतम विन्दुपछि मुद्रास्फीति बिस्तारै ईसिबीले लक्ष्य राखेजस्तै दुई प्रतिशततिर तल झर्दै गइरहेको छ ।

सन् २०२२ मा रूसले युक्रेनमा गरेको आक्रमणसँग सम्बन्धित आपूर्ति श्रृंखलाको समस्याबाट मुद्रास्फीति बढेपछि ईसीबीले लगातार १० पटकसम्म बैंकको दरहरू वृद्धि गरेको थियो ।

आर्थिक मन्दीबाट बाहिर आएपछि युरो क्षेत्रको अर्थतन्त्र पनि पहिलो त्रैमासिकमा अपेक्षा गरिएभन्दा तीव्र गतिमा बढेकोे छ, यद्यपि अमेरिकी अर्थतन्त्रको बलियो वृद्धिको तुलनामा यो अझै सुस्त छ ।

केन्द्रीय बैंकहरुले गत दुई वर्षदेखि उच्च दरहरु राखेका छन् । यही कारण वस्तुको मूल्य बढीरहेको थियो । उच्च ब्याजदरले आर्थिक वृद्धिलाई कमजोर बनाउँछ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x