Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसीआईबीद्वारा ६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

सीआईबीद्वारा ६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ


प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबींले कपनबाट करिब ६ किलो सुन र ४८ लाख रुपैयाँसहित सहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

सीआईबीले सुनको तौल परीक्षणको काम बाँकी नै रहेको भन्दै पक्राउ परेका चिनियाँ नागरिकको विवरण अहिलेसम्म सार्वजनिक गरेको छैन । यसअघि पनि पक्राउ परेका चिनियाँ नागरिक सुन तस्करीमा संलग्न रहेको सीआईबी स्रोतले जानकारी दिएको छ । कपनबाट बरामद भएको सुन स्थलमार्गबाट तस्करी भएर आएको हुनसक्ने सीआईबीले जनाएको छ ।

त्यसैगरी भारतको दिल्लीबाट २ जनालाई सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ गरि नेपाल ल्याउने तयारी भइरहेको सीआईबी स्रोतले जानकारी गराएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x