Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारडलरको तुलनामा भारतीय रुपैयाँ इतिहासकै कमजोर

डलरको तुलनामा भारतीय रुपैयाँ इतिहासकै कमजोर


नयाँदिल्ली । भारतीय रुपैयाँ (भारु) डलरको तुलनामा इतिहासकै कमजोर बनेको छ । बिहीबार भारु प्रतिडलर ८३ दशमलव ६२ मा कारोबार भएको छ । जुन हालसम्मकै कमजोर मूल्य हो । बुधबार भारु ८३ दशमलव ४५५ विन्दुमा कारोबार भएको थियो ।

विश्लेषकहरुले भू–राजनीतिक सङ्कटका बीचमा कच्चा तेलको मूल्य फेरि बढ्न थालेको बताएका छन् । यसले भारतीय रुपैयाँमाथि दबाब बढिरहेको छ । डलरको बढ्दो माग, कच्चा तेलको वृद्धिजस्ता काकरकहरुले डलरलाई बलियो बनाउँदै र रुपैयाँलाई कमजोर बनाउँदै लगेको छ ।

भारतीय केन्द्रीय बैंकले भारुको गिरावट रोक्नका लागि सरकारी स्वामित्वका बैंकमार्फत विनिमय बजारमा हस्तक्षेप गर्दै आएको थियो । भारतको विदेशी मुद्रा सञ्चिति रेकर्ड उच्च विन्दुमा रहेका कारण केन्द्रीय बैंकले भारुको थप गिरावट रोक्न आगामी दिनमा हस्तक्षेप गर्नसक्ने अनुमान विश्लेषकहरुले गरेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x