Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘कोभिड १९’विरुद्धको लडाइँमा अमेरिकाले भारतलाई सघाउने

‘कोभिड १९’विरुद्धको लडाइँमा अमेरिकाले भारतलाई सघाउने


अमेरिका, असार ४ 
संयुक्त राज्य अमेरिकाले कोभिड १९ का विरुद्धको लडाइँमा भारतसँग साझेदारीका गर्ने जनाएको छ । अमेरिकाले मङ्गलबार यस्तो प्रतिबद्धता व्यक्त गरेको हो । अमेरिकाले पठाएको भेन्टिलेटरहरु बुधबार भारत आइपुगेका छन् । त्यसपछि प्रतिक्रिया दिँदै अमेरिकाले सो धारणा राखेको हो । अमेरिकाले भारतलाई औषधि उपकहरणहरु प्रदान गर्दै आएको छ । यसैसहयोग स्वरुप अमेरिकाले पनि पछिल्लो पटक भेन्टिलेटरहरु सहयोग गरेको बताइएको छ । यो सहयोगको पहिलो चरण बुधबार भारत पुगेको बताइएको हो ।

यी भेन्टिलेटरले भारतका भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्थामा पुगेका विरामीको ज्यान बचाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता मोगन अर्टगसले ट्वीट गरेर सो कुराको जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ । भारतका लागि अमेरिकी राजदूत केनिथ जस्टरले बुधबार युएसएआइडीका तर्फबाट भारतीय रेडक्रम सोसाइटीलाइ बुधबार ती भेन्टिलेटरहरु उपलब्ध गराउनुभएको हो । अमेरिकाले भारतलाई औषधीय सामग्रीहरु उपलब्ध गराउने बताएको छ । सोहीबमोजिम अमेरिकाले यो पहिलो चरणमा १०० वटा भेन्टिलेटर पठाएको बताइएको हो । रासस/एएनआई


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया