Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा एक लाख ७१ हजार ६ सय ६६ जनामा संक्रमण

पाकिस्तानमा एक लाख ७१ हजार ६ सय ६६ जनामा संक्रमण


इस्लामाबाद, असार ८
पाकिस्तानमा आइतबार विहानसम्म एक लाख ७१ हजार ६ सय ६६ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये तीन हजार ३ सय ४२ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितमध्ये ६३ हजार ५ सय ४ जना निको भइ घर फर्किएका छन् । पाकिस्तानमा प्रति १० लाख जनसंख्या बराबर ७ सय ७८ जना कोभिड–१९ संक्रमित छन् भने १५ जनाको मृत्यु भएको छ । पाकिस्तानमा आइतबारसम्म १० लाख ८२ हजार ७ सय ८७ व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको छ ।

पाकिस्तानको बढी प्रभावित प्रान्तहरूमध्ये सिन्ध प्रान्तमा सबैभन्दा बढी ६५ हजार १ सय ६३, पञ्जाबमा ६४ हजार २ सय १६, इस्लामावादमा १० हजार २७९ र बलुचिस्तानमा नौ हजार १६२ संक्रमित रहेका छन् । यसैबीच, पाकिस्तानको अन्तर–सेवा गुप्तचर (इन्टर–सर्भिसेज इन्टिलिजेन्स/आईएसआई) का बलुचिस्तानमा कार्यरत वरिष्ठ अधिकारी ब्रिग हसन अफजालको शनिबार मृत्यु भएको छ । उहाँलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

पाकिस्तानी स्रोतहरूका अनुसार उनी आईएसआईको बलुचिस्तान क्षेत्रको कमाण्डर थिए । पाकिस्तानको विकट प्रान्त मानिने बलुचिस्तानमा आधुनिक स्वास्थ्य सेवाका लागि आवश्यक पूर्वाधार नभएका कारण मृत्यु भएको आशंका गरिएको छ । बलुचिस्तानका जनस्वास्थ्य कार्यालयका महानिर्देशक डाक्टर सलिम एब्रोले हालै पत्रकार सम्मेलनमा बलुचिस्तानमा आगामी केही महिना (जुलाई देखि सेप्टेम्बर)भित्र संक्रमित एक लाखभन्दा बढी पुग्ने भन्दै नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया