Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाबाट विश्वभर चार लाख ६६ हजारको मृत्यु, ८९ लाख संक्रमित

कोरोनाबाट विश्वभर चार लाख ६६ हजारको मृत्यु, ८९ लाख संक्रमित


काठमाडौं, असार ८
कोरोना भाइरसका कारण आइतबारसम्ममा विश्वभरी चार लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । एएफपीले संकलन गरेको विभिन्न देशका आधिकारीक निकायका अधिकारीहरुले दिएको रिपोर्ट अनुसार कोरोनाभाइरसबाट विश्वभरी चार लाख ६६ हजार ८ सय ३९ जनाको मृत्यु भएको हो ।

त्यसैगरी विश्वभरी संक्रमितहरुको संख्या ८९ लाख २३ हजार ७८ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । विश्वभरी कुल संक्रमितमध्ये ४७ लाख ४३ हजार ८ सय ९ जना संक्रमणमुक्त भएको जनाइएको छ । त्यसैगरी ३७ लाख १२ हजार ३७६ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । तीमध्ये ३६ लाख ५७ हजार ८ सय ७१ जना जना मध्यम अवस्थामा उपचाररत छन् भने बाँकी एक प्रतिशत अर्थात ५४ हजार ५ सय ५ जना गम्भीर अवस्थामा रहेका छन् ।

पछिल्लो विवरण अनुसार, सवैभन्दा धेरै संक्रमित अमेरिकामै रहेका छन् । अमेरिकामा अहिलेसम्म २३ लाख ३० हजार ५८ जना संक्रमित भएका छन् । दोस्रो धेरै संक्रमित रहेको ब्राजिलमा भने दश लाख ७० हजार १३९ जना संक्रमित रहेका छन् । संक्रमितको संख्याका आधारमा तेस्रोमा रुस, चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौँमा पेरु, आठौँमा इटली र दशौँमा चिली रहेका छन् ।

सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा अहिलेसम्म मृतकको संख्या एक लाख २१ हजार ९ सय ८० रहेको छ भने दोस्रो धेरै मानवीय क्षति भएको ब्राजिलमा ५० हजार ५८ जनाको मृत्यु भएको छ । त्यसैगरी तेस्रो धेरै मानवीय क्षति बेलायतमा भएको छ । जहाँ ४२ हजार ५ सय ८९ जनाको मृत्यु भएको छ भने चौथोमा स्पेन रहेको छ । स्पेनमा २८ हजार ३ सय २२ जनाको मृत्यु भएको तथ्यांक छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया