अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड
वासिङ्टन डिसि । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । इन्ट्राडे कारोबारमा सुनको मूल्यले प्रतिऔँस २४ सय ८८ डलरको उचाइ चुमेको छ । जुन अहिलेसम्मकै धेरै मूल्य हो । यद्यपि बुधबार साँझसम्म सुनको मूल्य उच्चतम विन्दुबाट घटेर २४ सय ६५ डलर प्रतिऔँसमा कारोबार भइरहेको छ ।
अमेरकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौती गर्ने सम्भावना बढेपछि सुनको मूल्यमा उच्च वृद्धि भइरहेको छ । फेडले ब्याजदर घटाउँदा डलरमा लगानी गरिरहेका लगानीकर्ताले सुनतिर आकर्षित हुने भएकाले माग बढ्न गई मूल्य बढ्न जान्छ ।
फेडरल रिजर्भका अध्यक्ष जोरोम पावेलले सोमबार मुद्रास्फीति दर दुई प्रतिशतको लक्ष्यभित्र आउनुभन्दा अघि नै ब्याजदर कटौती हुनसक्ने सङ्केत गरेका थिए । त्यसपछि लगानीकता सुनतर्फ आकर्षित भएका हुन् । ब्याजदर घटेमा सुनको भाउ थप बढ्नसक्ने विश्लेषकहरुले बताएका छन् ।
विश्लेषकहरुले ब्याजदर घट्ने, भू–राजनीतिक जोखिम र विश्वव्यापी मन्दीको खतराको कारण यस वर्ष सुनको मूल्य बढेर २७ सय डलरसम्म पुग्न सक्ने बताउँदै आएका छन् । नेपाली बजारमा पनि सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ । बुधबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँँमा कारोबारभएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- शीतल निवासमा राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
- पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
- सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता हो: उपप्रधानमन्त्री सिंह
- ३७ अंकले उक्लियो शेयर बजार
- पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
- जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव अलान्सको सदस्यता
- दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
- इरानमाथि आक्रमण गर्ने इजरायलको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया