Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमहामारीलाई राजनीतीकरण नगर्नुहोस्

महामारीलाई राजनीतीकरण नगर्नुहोस्


अमेरिका, असार ९
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले महामारीलाई राजनीतीकरण नगर्न चेतावनी दिएका छन् । ‘विश्व नेताहरुले कोरोनाभाइरससँगै उत्पन्न महामारीलाई राजनीतिकरण गर्न पाउनुहुन्न, बरु एकताबद्ध भएर लड्नु पर्छ’, डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेबे्रयोसुसले सोमबार भने ।

उनले अझै पनि कोरोनाभाइरसको संक्रमण उत्तिकै फैलिइरहेको र यसले गर्ने क्षतिमा कमी नभएको पनि उल्लेख गरेका छन् । संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको प्रति अपेक्षित सम्वेदलनशीलता विश्व नेताहरुमा नदेखिएको चिन्ता पनि उनले व्यक्त गरे ।

राजनीतीकरण नगर्न आह्वान गरिएकोसम्वन्धी उनको भनाइ विशेष गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति बढी लक्षित रहेको बताइएको छ । उनले अमेरिकामा पर्याप्त सतर्कता नअपनाइएको र राजनीतिक दाउपेचका कारण अनाहकमा धेरै मानिसको मृत्यु भइरहेको टिप्पणी पनि गरे । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि विश्वभरी कोरोनाभाइरसको महामारी सुरु भएदेखि नै डब्लुएचओले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना गर्दै आएका छन् ।

डब्लुएचओ प्रमुख गेब्रेयेसुसले ब्राजिल, इराक, भारत, दक्षिणी तथा पश्चिमी अमेरिकी देशहरुको अवस्था प्रति पनि चिन्ता व्यक्त गरेका छन् । ती देशहरुमा अझै पनि धेरै कोरोनाभाइरसबाट संक्रमितहरु धेरै रहेको र अस्पतालहरुमा बिरामीहरुको भीड भइरहेको उनले उल्लेख गरेका छन् । विश्वभरी पछिल्लो तीन महिना कोरोनाभइरसको महामारी फैलिएको छ । सुरुको तीन महिनामा विश्वभरी दश लाख मानिस संक्रमित भएको र त्यति नै संख्यामा संक्रमितहरु पछि आठ दिनमा वृद्धि भएको पनि डब्लुएचओले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया