बङ्गलादेशमा फेरि भड्कियो हिंसा, ९१ जनाको मृत्यु
ढाका । बङ्गलादेशमा फेरि हिंसा भडकिएको छ । हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरू प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आइतबार सामूहिक विरोध प्रदर्शनका लागि सडकमा उत्रिएका थिए ।
प्रदर्शनको क्रममा प्रहरीसँग भएको झडपमा ९१ जनाको मृत्यु भएको छ । धेरै मानिस घाइते भएका छन् । हिंसा नियन्त्रणका लागि सरकारले देशभर कर्फ्यू लगाएको छ । भीडलाई तितरबितर गर्न प्रहरीले अश्रुग्यास र स्मोक ग्रेनेड प्रयोग गरेको थियो । हिंसा नियन्त्रणका लागि सरकारले इन्टरनेट बन्द गरेको छ । यसका साथै फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र एक्सजस्ता सामाजिक सञ्जालहरू पनि प्रतिबन्धित गरेको छ ।
सरकारी सेवामा आरक्षण प्रणालीविरुद्धको ¥यालीका क्रममा जुलाईदेखि शनिबारसम्म भएका हुलदङ्गामा दुई सयभन्दा बढी व्यक्तिको ज्यान गएको छ । राष्ट्रव्यापी नागरिक अवज्ञा अभियानका प्रमुख प्रदर्शनकारीमध्ये एक आसिफ महमुदले समर्थकहरूलाई सरकारविरुद्ध लड्न तयार हुन आग्रह गरेका छन् । ‘बङ्गलादेशलाई स्वतन्त्र बनाउने तयारी गर्नुहोस्,’ उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
सेनाले आरक्षण प्रणालीको चर्को विरोधका बीच सरकार पुनर्स्थापना गर्न मद्दत गरिरहेको बेला केही पूर्वसैन्य अधिकारीहरू भने विद्यार्थी आन्दोलनमा सामेल भएका छन् । पूर्वसेना प्रमुख जनरल इकबाल करिम भुइयाँले प्रदर्शनसँग समर्थित रहेको प्रतिबिम्बित गर्दै आफ्नो फेसबुक प्रोफाइल तस्बिर रातो बनाएका छन् ।
वर्तमान सेना प्रमुख वाकर–उज–जमानले शनिबार ढाकाको सैन्य मुख्यालयमा अधिकारीसँग कुरा गर्दै भने ‘बङ्गलादेशी सेना जनताको विश्वासको प्रतीक हो ।’ सेनाले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘हामी सधैँ जनताको पक्षमा उभिएका छौँ र जनताको हितमा र राज्यको कुनै पनि आवश्यकताको समयमा साथ हुनेछौँ । विज्ञप्तिमा सेनाले विरोध प्रदर्शनलाई समर्थन गरेको छ वा छैन भनेर स्पष्ट रूपमा भनिएको छैन ।
सरकारी सेवामा आरक्षण प्रणालीविरुद्धको र्यालीले जुलाईमा निम्त्याएको हुलदङ्गामा दुई सयभन्दा बढी व्यक्तिको ज्यान गएको छ । सेनाले केही समयका लागि आन्दोलनको अवस्था शान्त बनाएर व्यवस्था पुनर्स्थापित गरेको भए पनि प्रधानमन्त्रीको राजीनामाको माग गर्दै यस हप्ता ठूलो सङ्ख्यामा जनता पुनः सडकमा फर्किएका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान
- मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु
- बजार परिसुचक २६ सय ३७ बिन्दुमा
- उद्योगको विरोधबीच अमेरिकाले चिनियाँ वस्तुमा बढायो कर
- जापानमा गर्मी
- बंगलादेशमा नियमित विद्युत् आपूर्तिमा समस्या
- पाकिस्तानलाई एडीबीको ऋण सहयोग
- रूस र युक्रेनबीच २०६ युद्धबन्दी आदानप्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया