Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगेमिङ कम्पनीले हुआङलाई चीनकै दोस्रो धनी बनायो

गेमिङ कम्पनीले हुआङलाई चीनकै दोस्रो धनी बनायो


बेइजिड., असार ११
अमेरिकी प्रविधि कम्पनी गुगलका पूर्वकर्मचारी कोलिन हुआङ चीनकै दोस्रो ठूलो धनी बनेका छन् । चर्चित म्यागजिन फोब्र्सका अनुसार आफ्नो गेमिङ कम्पनी पिन्डुओडुओले उनलाई उक्त सफलता दिएको हो ।

कोलिनको इ–कमर्स व्यवसाय विश्व महामारी कोरोनाका कारण फस्टाएपछि उनले चर्चित चिनियाँ अर्बपति तथा अलिबाबाका संस्थापक ज्याक मालाई समेत पछि पारेका छन् । उनीसँग ४५ अर्ब ४० करोड डलरबराबरको सम्पत्ति रहेको फोब्र्सले जनाएको छ । यो सम्पत्ति माको भन्दा धेरै हो भने टेन्सेन्टका पोनी माको भन्दा कम हो ।

बीबीसीका अनुसार कोलिननले माइक्रोसफ्टमा पनि इन्टर्न गरेका थिए । त्यसपछि उनले गुगलमा तीन वर्ष बिताए । ‘यो तीन वर्ष मेरा लागि निकै मूल्यवान् साबित भयो’, उनले सन् २०१६ मा एउटा ब्लगमा भनेका थिए, ‘गुगलमा मैले योगदान गरेभन्दा धेरै मिल्यो ।’ उनको पिन्डुओडुओको मूल्यले उनलाई दोस्रो धनीमा पु-याएको हो ।

के हो पिन्डुओडुओ ? यो एउटा शपिङ गेम कम्पनी हो । कोलिनले सन् २०१५ मा यसको स्थापना गरेका थिए । चीनमा महामारीका बीच निकै चर्चित हुनपुग्यो । ५ करोड मागबाट प्रतिदिन ६ करोड ५० लाख माग आउनथाल्यो । यसका नयाँ फिचरहरु टिम बाइङ, जुन किन्न क्रेताहरु कम मूल्यमा धेरैका लागि सँगै आउँथे । ग्राहकले यो साइटमा गेम खेल्न सक्छन् भने निःशुल्क गिफ्ट समेत पाउँछन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया