Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार

बंगलादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार


ढाका । बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले बुधबार युनिसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न जिम्मेवारी तोकेका हुन् ।

बंगलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले आह्वान गरेका थिए । राष्ट्रपतिले सेना, नौसेना र वायुसेनाका प्रमुख र विद्यार्थी नेताहरुसँग बैठक गरेपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिले जनतालाई राजनीतिक सङ्कटबाट बाहिर निस्कन सहयोग गर्न आग्रह गर्नुभएको छ । देशमा आएको यो सङ्कटलाई पार गर्न अन्तरिम सरकारको द्रुत गठन आवश्यक छ ।’

बैठकमा सहभागी ‘स्टुडेन्ट एगेन्स्ट डिस्क्रिमिनेसन’ समूहका विद्यार्थी नेता हैदर इस्लामका अनुसार युनुसले सरकारमा प्रमुख सल्लाहकारको जिम्मेवारी पाउनेछन् ।

इस्लामले पत्रकारलाई बताएअनुसार शाहाबुद्दिनले ‘सकेसम्म कम समयमा’ अन्तरिम सरकार गठन गर्ने कुरामा सहमति जनाएका छन् । इस्लामले राष्ट्रपतिसँगको उक्त बैठक ‘फलदायी’ भएको बताए । युनुसले बिहीबार साँझ शपथ लिने

बंगलादेशमा राजनीतिक उथलपुथलबीच नयाँ सकारको सपथ ग्रहण बिहीबार साँझ साढे आठ बजे हुने भएको छ । सेना प्रमुख वकार–उज–जमानले यस्तो जानकारी दिएका छन् । उनले नयाँ सरकारमा १५ जना सदस्य रहने जानकारी समेत दिए ।अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस पनि पेरिसबाट बिहीबार दिउँसो बंगलादेश फर्किँदैछन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x