Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा केन्द्रीय बैंकले ब्याजदर स्थिर राख्यो

भारतमा केन्द्रीय बैंकले ब्याजदर स्थिर राख्यो


नयाँदिल्ली । भारतीय केन्द्रीय बैैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले यस पटक पनि ब्याजदर छ दशमलव पाँच प्रतिशतमा यथावत् राख्ने निर्णय गरेको छ । आरबीआईले लगातार ९औँ पटक ब्याजदर स्थिर राखेको हो । आरबीआईले सन् २०२३ फेब्रुअरीयता ब्याजदर बढाएको छैन । त्यसबेला ब्याजदर शून्य दशमलव २५ प्रतिशत बढाएर साढे छ प्रतिशत पुर्याएको थियो ।

त्यसयता मौद्रिक नीति समितिले नौ पटकसम्म ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । मुद्रास्फीति नियन्त्रणमा आईनसकेकोले ब्याजदर स्थिर राख्ने निर्णय गरेको बताइएको छ । ब्याजदर स्थिर राख्दा ऋण महँगो हुने छैन र ईएमआई पनि बढ्ने छैन ।

अगस्ट ६ देखि चलेको मौद्रिक नीति समितिको बैठकमा भएका निर्णयहरु बिहीबार सार्वजनिक गर्दै आरबीआई गभर्नर शक्तिकान्त दासले ब्याजदर स्थिर राखिएको जानकारी दिएका हुन् । यो बैठक प्रत्येक दुई महिनामा बस्ने गर्छ । गभर्नर दासले मुद्रास्फीति घट्दै गएको तर सुस्त र असमान रहेको बताएका छन् । मुद्रास्फीति लक्ष्यमा रहिरहने सुनिश्चित नहुँदासम्म सतर्क रहनुपर्ने उनले बताए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x