ब्राजिलमा विमान दुर्घटना ६१ जनाको मृत्यु
ब्राजिल । ब्राजिलको साओ पाउलो राज्यमा शुक्रबार ५७ जना यात्रु र चार चालक दलका सदस्य बोकेको एक विमान दुर्घटनामा परेको छ । विमानमा सवार सब ६१ जनाकोे मृत्यु भएको एयरलाइन्सले जनाएको छ ।
दक्षिणी राज्य परानाको क्यास्कावेलबाट साओ पाउलो सहरका लागि उडेको भोपास एयरलाइन्सद्वारा सञ्चालित एटीआर ७२–५०० विमान भिन्हेडो सहरमा दुर्घटनामा परेको हो । साओ पाउलोको ग्वारुलहोस अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको विमान दुर्घनाग्रस्त भएको भोपास एयरलाइन्सले जनाएको छ । दुर्घटना कसरी भयो भन्ने थाहा हुन सकेको छैन ।
लगभग ७६ हजार जनसंख्या रहेको भिन्हेडो सहर साओ पाउलोबाट लगभग ८० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ । स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेको तस्बिरमा उक्त जहाज आकाशमा चक्कर लगाउँदै खसेको र दुर्घटनास्थलबाट धुवाँको मुस्लो उडेको देखिन्छ ।
विमान दुर्घटना हुनुभन्दा डेढ मिनेटअघि उचाइमा पुगेको देखिएको थियो । १७ हजार फिटको उचाइमा उडिरहेको जहाज १० सेकेन्डमा करिब दुई सय ५० फिट तल झरेको थियो । साओ पाउलो राज्यका गभर्नर टारसिसियो डे फ्रिटासले घटनास्थलमा पत्रकारहरूलाई भने, ‘पीडितको शव पहिचान प्रक्रिया सुरु भइसकेको छ र यो रातभरि जारी रहनेछ ।’
ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले यस घटनाप्रति दुःख व्यक्त गर्दै राज्यमा तीन दिन शोकको घोषणा गरेका छन् । भोपासले पीडितका परिवारलाई पूर्ण सहयोग गरिरहेको र दुर्घटनाको कारण पत्ता लगाउन अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएको छ । ब्राजिलको सेनिपा उड्डयन दुर्घटना एजेन्सीले यस घटनाको अनुसन्धान सुरु गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी
- नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा: मन्त्री दाहाल
- इन्द्रजात्राको अवसरमा कन्या कुमारीहरुको सामूहिक पूजा सम्पन्न
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
- ‘नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून’
- सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा
- नेपाल मेडिकल कलेजको अध्यक्षमा अन्सारी
- सातबुँदे घोषणापत्र जारी गर्दै सकियो युथ समिट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया