युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत
इजरायल । विश्वव्यापी आग्रह र अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरुको अनुरोधमा अगष्ट १५ देखि गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत भएको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ । गाजास्थित हमास नियन्त्रित नागरिक सुरक्षा निकायले दुईवटा विद्यालयमा गरिएको इजरायली आक्रमणमा बिहीबार पनि १८ जनाभन्दा बढीको मृत्यु भएकोे थियो ।
नोभेम्बरमा एक हप्ता लामो युद्धविरामपछि मध्यस्थकर्ताहरुले युद्ध अन्त्य र शान्ति स्थापनाका लागि दोस्रो युद्धविरामको प्रयास गरेका छन् । बिहीबार संयुक्त वक्तव्य जारी गर्दै तीन देशका नेताहरुले युद्धरत पक्षहरुलाई अगस्ट १५ मा दोहा वा कायरोमा पुनः वार्ता गरी सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेका छन् । मध्यस्थकर्ताहरुले सम्झौता ढाँचा प्रस्तुत गरिसकिएको जनाउँदै कार्यान्वयनका लागि सहमतिको विवरणसहित निष्कर्षमा पुग्न बाँकी रहेको उल्लेख गरेका छन् ।
नेतान्याहुको कार्यालयले इजरायलले अगस्ट १५ मा सम्झौता कार्यान्वयनको विवरण तयार गर्न तोकिएकोे स्थानमा वार्ता टोली पठाउने जनाएको छ । गाजामा बन्दी बनाइएकाहरुको रिहाइ र सहायता वितरणलगायतका विषयमा चरणबद्धरुपमा छलफल गर्ने विषयमा युद्धविराम सम्झौता केन्द्रित हुनेछ ।
युद्धविरामसम्बन्धी छलफल अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तावित ढाँचामा केन्द्रित रहेको जनाइएको छ जुन ढाँचा इजरायली प्रस्तावमा तयार भएको हो । अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा नेतान्याहुले सम्झौतामा रोक लगाएको सुझावलाई अस्वीकार गर्दै पत्रकारहरुलाई इजरायल युद्धविराम वार्ताप्रति पूर्वाग्राही रहेको जानकारी दिएका छन् । वार्ताको घोषणा हनियाको मृत्युपछि हमासले इजरायल अक्रमणका प्रमुख योजनाकार याह्या सिनवारलाई नयाँ नेताको रूपमा नियुक्त गरेपछि आएको हो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- इन्द्रजात्राको अवसरमा कन्या कुमारीहरुको सामूहिक पूजा सम्पन्न
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
- ‘नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून’
- सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा
- नेपाल मेडिकल कलेजको अध्यक्षमा अन्सारी
- सातबुँदे घोषणापत्र जारी गर्दै सकियो युथ समिट
- ११ लघुजलविद्युत् आयोजनाका करोडौंका उपकरण प्रयोगविहीन
- लक्ष्मी सनराइज बैंकद्वारा दुई सयभन्दा बढी किशोरीलाई सुरक्षा र आत्मरक्षा तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया