Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअस्ट्रेलियामा जुवाजन्य विज्ञापनमा प्रतिबन्ध लगाउन माग

अस्ट्रेलियामा जुवाजन्य विज्ञापनमा प्रतिबन्ध लगाउन माग


सिड्नी । प्रभावशाली अष्ट्रेलियाली अधिकारीहरूको गठबन्धनले अष्ट्रेलियामा जुवाजन्य विज्ञापन (ग्याम्लिङ एड्स)मा पूर्ण प्रतिबन्ध लगाउन आइतबार सरकारसँग माग गरेको छ । अष्ट्रेलिया जुवाजन्य क्रियाकलापबाट विश्वमा प्रतिव्यक्ति सबैभन्दा ठूलो नोक्सानी बेहोर्ने देशमध्ये एक हो ।

दुई करोड ७० लाख जनसङ्ख्या रहेको अष्ट्रेलियामा जुवाजन्य खेलबाट वार्षिक २५ अर्ब अष्ट्रेलियाली डलर (१६ अर्ब अमेरिकी डलर) नोक्सानी हुने गरेको अनुमान गरिएको छ । यहाँ टेलिभिजन, रेडियो र बिलबोर्डमा मानिसहरूलाई आफ्नो पैसाको जोखिम मोल्न लोभ्याउने विज्ञापन व्यापक छन् ।

‘पोकी’ भनेर चिनिने जुवा खेल्ने मेसिन (स्लट मेसिन)हरू पनि भएका धेरै मधुशालाले नागरिकलाई मोजमस्तीमा सहभागी हुन अधिक आकर्षित गर्दछन् । अस्ट्रेलियाका ६० भन्दा बढी प्रतिष्ठित नागरिकले प्रधानमन्त्री एन्थोनी अल्बानिज र विपक्षी नेतालाई लेखेको पत्रमा भनिएको छ, ‘अस्ट्रेलियामा जुवाको विज्ञापन नियन्त्रणबाहिर गएको छ र एक वर्षको अवधिमा टेलिभिजन र रेडियोमा १० लाखभन्दा बढी जुवाजन्य विज्ञापन प्रसारण भइरहेका छन् ।’

सप्ताहान्तमा जारी गरिएको पत्रमा हस्ताक्षर गर्नेहरूमा संघसंस्था, खेलकुद क्षेत्रका पूर्व राजनीतिज्ञ र विश्वास गरिएका नेताहरू थिए । उनीहरूले जुवाबाट हुने हानिबारे सन् २०२३ को रिपोर्टसहित अल्बानिजको लेबर सरकार र विपक्षी दललाई तीन वर्षभित्र सबै जुवासम्बन्धी विज्ञापनलाई प्रतिबन्धित गर्न सहमत हुन आग्रह गरेका छन् ।

‘हाम्रो दैनिक जीवनमा स्क्रिनमा देखिने जुवाजन्य खेलसम्बन्धी विज्ञापन (प्रचार) र जुवाको माध्यमबाट हुने बढ्दो नोक्सानीबाट धेरै नागरिक चिन्तित छन्,’ हस्ताक्षरकर्तामध्ये एक पूर्वप्रधानमन्त्री जोन हावर्डले भने, ‘मेरो बुझाइमा जुवाको कारण समुदायमा हानि हाम्रो (अष्ट्रेलियाली) ठूलो क्षतिको लागि जिम्मेवार छ ।’ रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x