बंगलादेशी हिन्दुहरूमा त्रास झन् बढ्यो
ढाका । बंगलादेशमा शेख हसिना सत्ताबाट बर्खास्त भएपछि हिन्दु समुदायमा त्रास बढेको छ । हसिनाले अचानक राजीनामा दिएर विदेश पलायन भएपछि बंगलादेशमा हिन्दु परिवारहरु आफ्ना छिमेकीहरुको निशानामा आएको समाचारहरु आएका छन् । भीडले केही हिन्दुहरुको पसलमा तोडफोड गरेका छन् भने पैसा समेत चोरेर लगेका छन् ।
राजधानी ढाकामा हस्तकला व्यवसाय गर्दै आएका ३१ वर्षीय प्रबन्धक शाहले एक समूहले आफ्नो काकाको पसलमा तोडफोड गरेको र पैसा चोरेर लगेको बताए । त्यसपछि भीडले काकालाई पिटेको र भविश्यमा आक्रमण रोक्न थप पैसा मागेको बताए ।
१७ करोड जनसंख्या भएको बंगलादेशमा करिब आठ प्रतिशत हिन्दु छन् । सन् १९४७ मा बेलायती औपनिवेशिक शासनको अन्त्यमा धार्मिक आधारमा भारत र पाकिस्तानको अव्यवस्थित विभाजनका कारण व्यापक हिंसा सुरु भएपछि यो बंगलादेशमा हिन्दुहरूको सङ्ख्यामा तीव्र गिरावट थियो ।
सन् १९७१ मा पाकिस्तानविरुद्ध बङ्गलादेशको विनाशकारी मुक्ति सङ्ग्राममा धेरै हिन्दु भागे । उक्त द्वन्द्वमा ३० लाख मानिसको मृत्यु भयो र स्वतन्त्रताका समर्थकका रूपमा हेरिने हिन्दूहरू असमानरूपमा पीडित भए ।
धार्मिक अधिकार समूहहरूले गत सातामा अल्पसङ्ख्यक समुदायमाथि आक्रमणका दुई सयभन्दा धेरै घटना रेकर्ड गरिएको र यसमा क्रिश्चियन र बौद्धहरू पनि समावेश भएको बताएका छन् ।
मानव अधिकार कार्यकर्ता राणा दासगुप्ताले भिडियो बयानमा भने, ‘घटनाहरूमा घरहरूमा आक्रमण, पसल र पूजास्थलमा तोडफोड समावेश छन्, महिलाहरूसँग पनि दुव्र्यवहार गरिएको छ ।’ हसिनाको पतनपछि अन्य सयौँ हिन्दु भारतीय सीमा पार गर्न आग्रह गर्दै आइपुगेका छन् ।
विद्यार्थी आन्दालनका नेताहरूले शुक्रबार हिन्दु समुदायसँग भेट गरी उनीहरूको चिन्ता सुनेका थिए र हिन्दुहरुको चिन्तालाई युनुसको प्रशासनलाई बुझाएका थिए । युनुसले शनिबार आफैँ मुलुकमा भेदभावका लागि कुनै स्थान नभएको बताएका थिए । उनले पत्रकारहरूसँग भने, ‘एउटा नयाँ बंगलादेश बनाउनु हाम्रो जिम्मेवारी हो, धर्मका आधारमा विभेद नगर्नुहोस् ।’
हिंसाको विरोधमा लन्डनको संसद्बाहिर प्रदर्शन निवर्तमान प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि बंगलादेशमा अल्पसङ्ख्यक समूहविरुद्ध भएको हिंसाको विरोधमा शनिबार लन्डनको संसद् भवनबाहिर प्रदर्शनकारीहरु भेला भएका छन् । बंगलादेशमा हाल हिंसामा वृद्धि हुँदै जाँदा प्रदर्शनकारीहरुले शान्ति र समानताको माग गर्दै नारा लगाएका थिए ।
प्रदर्शनमा विभिन्न मानव अधिकार संगठनका कार्यकर्ता, बंगलादेशी डायस्पोराका सदस्यलगायत सहयोगीहरूको सहभागिता रहेको थियो । बंगलादेशका एक जना प्रदर्शनकारी उनादीले बंगलादेशी अल्पसङ्ख्यक हिन्दुमाथि भएको हिंसाप्रति चिन्ता व्यक्त गर्दै बहुसङ्ख्यक जनसङ्ख्याले उनीहरूलाई अन्यायका विरुद्ध बोल्नबाट रोकेको बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया