भारतमा खुद्रा मूल्यवृद्धि ५९ महिनायताकै न्यून
नयाँदिल्ली । भारतमा जुलाई महिनामा खुद्रा मुद्रास्फीति तीन दशमलव ५४ प्रतिशतमा झरेको छ । जुन ५९ महिनायताकै न्यून स्तर हो । यसअघि सन् १०१९ अगस्ट महिनामा भारतको मुद्रास्फीति तीन दशमलव २१ प्रतिशत थियो । जुलाई महिनामा मुद्रास्फीति पाँच दशमलव शून्य आठ प्रतिशत थियो ।
खाद्य वस्तुको मूल्य घटेपछि मुद्रास्फीति स्तर घटेको हो । यो तथ्याङ्क केन्द्रीय बैंक भारतीय रिजर्भ बैंकको लक्ष्यभित्र छ । केन्द्रीय बैंकले मुद्रास्फीति दुईदेखि चार प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।
खाद्यान्न, फलफूल, तरकारी, दाल र मसलाको मूल्य घटेका कारण खाद्य मुद्रास्फीति नौ दशमदज ३६ प्रतिशतबाट पाँच दशमलव ४२ प्रतिशतमा झरेको छ । एक वर्षअघि सन् २०२३को जुलाईमा खाद्य मुद्रास्फीति ११ दशमलव ५९ प्रतिशत थियो । त्यस्तै, सहरी मुद्रास्फीति चार दशमलव ३९ प्रतिशतबाट दुई दशमलव ९८ प्रतिशतमा झरेको छ । ग्रामीण मुद्रास्फीति पाँच दशमलव ६६ प्रतिशतबाट घटेर चार दशमलव १० प्रतिशतमा झरेको छ ।
तरकारीको मुद्रास्फीति बढेको छ । जुलाईमा छ दशमलव ८३ प्रतिशतमा झरेको थियो भने जुनमा २९ दशमलव ३२ प्रतिशतमा पुगेको छ । अनाजको मुद्रास्फीति आठ दशमलव १४ प्रतिशत र दालको १४ दशमलव ७७ प्रतिशतमा झरेको छ । इन्धन र बत्तीको मुद्रास्फीति पनि घटेको छ ।
हालै बसेको मौद्रिक नीति समितिको बैठकमा आरबीआईले चालू आर्थिक वर्षमा मुद्रास्फीति चार दशमलव पाँच प्रतिशतभित्र राख्ने लक्ष्य यथावत् राखेको थियो । आरबीआई गभर्नरले मुद्रास्फीति घट्दै गएको तर प्रगति सुस्त भएको बताउँदै ब्याजदर स्थिर राखिएको जनाएका थिए ।
हालै बसेको मौद्रिक नीति समितिको बैठकमा आरबीआईले चालू आर्थिक वर्षमा मुद्रास्फीति चार दशमलव पाँच प्रतिशतभित्र राख्ने लक्ष्य यथावत् राखेको थियो । आरबीआई गभर्नरले मुद्रास्फीति घट्दै गएको तर प्रगति सुस्त भएको बताउँदै ब्याजदर स्थिर राखिएको जनाएका थिए ।
मुद्रास्फीति कसरी बढ्छ र घट्छ ?
मुद्रास्फीतिको वृद्धि र गिरावट उत्पादनको माग र आपूर्तिमा निर्भर गर्दछ । यदि मानिसहरुसँग धेरै पैसा छ भने तिनीहरुले धेरै वस्तु तथा सेवा किन्न सक्छन् । धेरै वस्तु किन्दा वस्तुको माग बढ्छ र माग अनुसार आपूर्ति हुन नसके मूल्य बढ्छ । यसलाई समान्य भासामा भन्दा बजारमा पैसाको अत्यधिक प्रवाह वा वस्तुको अभावले मुद्रास्फीति निम्त्याउँछ । तर माग कम र आपूर्ति बढी भएमा मुद्रास्फीति कम हुन्छ ।
कच्चा तेल, वस्तुको मूल्य, उत्पादन लागत बाहेक, त्यहाँ अन्य धेरै चीजहरु हुन्छन जसले खुद्रा मुद्राफीति दर निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्छन् । भारतमा करिब तीन सय वस्तुको मूल्यका आधारमा खुद्रा मुद्रास्फीति निर्धारण गरिन्छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान
- मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु
- बजार परिसुचक २६ सय ३७ बिन्दुमा
- उद्योगको विरोधबीच अमेरिकाले चिनियाँ वस्तुमा बढायो कर
- जापानमा गर्मी
- बंगलादेशमा नियमित विद्युत् आपूर्तिमा समस्या
- पाकिस्तानलाई एडीबीको ऋण सहयोग
- रूस र युक्रेनबीच २०६ युद्धबन्दी आदानप्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया