पेरिस ओलम्पिक : अमेरिका ४० स्वर्णसहित शीर्ष स्थानमा
पेरिस । आइतबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कास्यसहित एक सय २६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, जापान, अष्ट्रेलिया, फ्रान्स, नेदरल्याण्ड्स, बेलायत, दक्षिण कोरिया, इटाली र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।
दोस्रो स्थानमा रहेको चीनले ४० स्वर्ण, २७ रजत र २४ कास्यसहित कुल ९१ पदक हात पारेको छ भने जापानले २० स्वर्ण, १२ रजत र १३ कास्य पदकसहित कुल ४५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी, चौथो स्थानमा रहेको अष्ट्रेलियाले १८ स्वर्ण, १९ रजत र १६ कास्यसहित ५३ पदक जितेको छ भने पाँचौं स्थानमा फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ कास्यसहित कुल ६४ पदक जितेको छ । पदक तालिकामा छैटौँ स्थानमा रहेको नेदरल्याण्ड्सले १५ स्वर्ण, सात रजत र १२ कास्यसहित कुल ३४ पदक जितेको छ भने बेलायतले १४ स्वर्ण, २२ रजत र २९ कास्यसहित ६५ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।
आठौँ स्थानमा रहेको दक्षिण कोरियाले १३ स्वर्ण, नौ रजत र १० कास्यसहित कुल ३२ पदक जितेको छ भने १२ स्वर्ण, १३ रजत र १५ कास्यसहित कुल ४० पदक जित्दै इटाली नवौँ स्थानमा छ । जर्मनी १२ स्वर्ण, १३ रजत र आठ कास्यसहित कुल ३३ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा रहेको छ । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान
- मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु
- बजार परिसुचक २६ सय ३७ बिन्दुमा
- उद्योगको विरोधबीच अमेरिकाले चिनियाँ वस्तुमा बढायो कर
- जापानमा गर्मी
- बंगलादेशमा नियमित विद्युत् आपूर्तिमा समस्या
- पाकिस्तानलाई एडीबीको ऋण सहयोग
- रूस र युक्रेनबीच २०६ युद्धबन्दी आदानप्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया