बंगलादेशमा १३ वर्षयताकै उच्च मूल्यवृद्धि
ढाका । बंगलादेशमा महँगी वृद्धिदर १३ वर्षयताकै उच्च भएको छ । गत जुलाईमा मूल्यवृद्धि दर (मुद्रास्फीति दर) ११ दशमलव ६६ प्रतिशत पुगेको छ । जुन १३ वर्षयताकै सबैभन्दा बढी वृद्धि दर रहेको बङ्लादेशको तथ्याङ्क विभाग (बीबीएस)ले सोमबार जनाएको छ ।
मुख्यतया खाद्यान्नको मूल्य वृद्धिका कारण मूल्यवृद्धिदर अस्वाभाविकरुपमा बढेको विभागको तथ्याङ्कले जनाएको छ । गत जुन महिनामा मूल्यवृद्धि दर नौ दशमलव ७२ प्रतिशत रहेको बीबीएसको तथ्याङ्कले देखाएको छ ।
बीबीएसका अनुसार खाद्य मूल्यवृद्धि जुलाईमा १४ दशमलव १० प्रतिशतले बढेको छ, जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो । यसैगरी जुन महिनामा पनि खाद्य मूल्यवृद्धि दर १० दशमलव ४२ प्रतिशत थियो । गैरखाद्य पदार्थको मूल्यवृद्धिदर पनि जुनमा नौ दशमलव १५ प्रतिशतबाट बढेर जुलाईमा नौ दशमलव ६८ प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०२३/२४ मा देशको औसत मूल्यवृद्धिदर बढेर नौ दशमलव ७३ प्रतिशत पुगेको छ जुन यस आर्थिक वर्षका लागि तय भएको बजेटको लक्ष्यभन्दा धेरै हो । तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०२२/२३ मा बंगलादेशको मूल्यवृद्धिदर नौ दशमलव शून्य दुई प्रतिशत थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी
- नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा: मन्त्री दाहाल
- इन्द्रजात्राको अवसरमा कन्या कुमारीहरुको सामूहिक पूजा सम्पन्न
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
- ‘नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून’
- सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा
- नेपाल मेडिकल कलेजको अध्यक्षमा अन्सारी
- सातबुँदे घोषणापत्र जारी गर्दै सकियो युथ समिट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया