चीन–अमेरिका ‘फेज वान’ व्यापार सम्झौता :
वासिड.टन/बेइजिड., मंसिर २९
अमेरिका र चीनले पहिलो चरणको व्यापार सम्झौतालाई अन्तिम रुप दिएका छन् । सम्झौतासँगै एक वर्षयता चलिरहेको विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्ध थप नचर्किने निश्चित भएको छ । दुई देशबीच शुक्रबार ‘फेज वान’ सम्झौता भएको हो । योसँगै अमेरिकाले चिनियाँ वस्तुमा यही डिसेम्बर १५ देखि बढाउने भनिएको १५ प्रतिशत कर पनि नबढ्ने भएको छ । त्यस्तै सम्झौताअनुसार चीनले अमेरिकी कृषि वस्तुको आयात पनि बढाउनेछ । बेइजिङले कम्तीमा २ खर्ब अमेरिकी डलर वस्तुका अमेरिकी कृषि वस्तु तथा सेवा आयात गर्न सहमति जनाएको रोयटर्सले उल्लेख गरेको छ । दुई वर्षभित्र उक्त मूल्यका सामग्री आयात हुने बताइएको छ ।
अमेरिकी अधिकारीहरुले सम्झौताअनुसार चीनले उक्त वस्तु आयात गरे चीनमा अमेरिकी निर्यात ठूलो परिमाणमा बढ्नेछ । सन् २०१७ मा चीनले १ खर्ब ३० अर्ब डलरका अमेरिकी वस्तु आयात गरेको थियो । तर उक्त समयमा दुई देशबीच व्यापारयुद्ध चर्किएको भने थिएन । त्यस्तै ५६ अर्ब डलरको सेवा आयात चीनले गरेको थियो । चीनले बढी वस्तु आयात गर्ने भएपछि अमेरिकाले आइतबारदेखि लागू हुने थप कर रद्द गरेको छ भने यसअघिको कर पनि घटाएको छ । दुई देशबीच ८६ पृष्ठ लामो सहमति भएको बताइएको छ । तर यसमा जनवरीको पहिलो हप्ता दुवै देशका प्रमुख व्यापार प्रतिनिधिले हस्ताक्षर गर्नेछन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमा चीनसँग पहिलो चरणको व्यापार सम्झौता भएको बताएका छन् । शुक्रबार ट्विट गर्दै उनले उक्त जानकारी दिएका थिए । त्यस्तै चिनियाँ अधिकारीहरुले पनि धेरै संरचनात्मक परिवर्तनका साथै कृषि, ऊर्जा र उत्पादन क्षेत्रका वस्तुहरु ठूलो परिमाणमा आयात गर्ने सम्झौता भएको बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले ५० अर्ब डलरका कृषि सामग्री किन्ने आशा गरेका छन् ।
बेइजिङमा पत्रकार सम्मेलन गर्दै चिनियाँ अधिकारीहरुले दुई पक्षबीच सम्झौता पत्रमा सहमति भएको बताएका छन् । यद्यपि यसको विस्तृत विवरण भने उनीहरुले उल्लेख गरेका छैनन् । चीनले आगामी दुई वर्षमा ३२ अर्ब अमेरिकी डलरका थप फार्म उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको छ । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइथाइजरले सन् २०१७ मा चीनले खरिद गरेभन्दा धेरै अमेरिकी वस्तु खरिद चीनले गर्ने बताए । सम्झौतासँगै चीनले अमेरिकाबाट गहुँ, मकै, चामल, भटमासलगायतका खाद्य सामग्री आयात गर्नेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया