अमेरिकी उपभोक्ता मूल्यवृद्धि तीन प्रतिशतभन्दा कम
वासिङटन । अमेरिकी उपभोक्ता मूल्यहरू जुलाईमा मध्यमरूपमा बढेको छ । मुद्रास्फीतिमा वार्षिक वृद्धि सन् २०२१ को सुरुवातपछि पहिलो पटक तीन प्रतिशतभन्दा तल झरेको छ । उपभोक्ता मूल्य क्रमशः घट्दै जाँदा केन्द्रीय बैंक फेडरल रिजर्भले अर्काे महिना ब्याज दर कटौती गर्नसक्ने आधार बलियो बनेको छ ।
बुधबारको श्रम विभागको प्रतिवेदनले जुलाईमा उत्पादक मूल्यहरूमा हल्का वृद्धिलाई थपेको छ कि मुद्रास्फीति दृढरूपमा तल झर्ने प्रवृत्तिमा फर्किएको छ । यसले अमेरिकी केन्द्रीय बैंकलाई तीव्र मन्दीको बढ्दो चिन्ताको बीचमा श्रम बजारमा थप ध्यान केन्द्रित गर्न अनुमति दिएको छ ।
गोल्ढम्यान साक्स सम्पत्ति व्यवस्थापन बहुक्षेत्र निश्चित आयका प्रमुख लिन्डसे रोजनरले आगामी सेप्टेम्बरमा फेडले केही रकम कटौती गर्ने आधार बन्दै गएको बताएका छन् ।
उपभोक्ता मूल्य सूचकाङ्क जुनमा शून्य दशमलव एक प्रतिशतले घटे पनि जुलाईमा शून्य दशमलव दुई प्रतिशत बढेको थियो । जुन वृद्धि अर्थशास्त्रीहरुले अपेक्षा गरेअनुरुप थियो । खाद्य मूल्यहरु शून्य दशमलव दुई प्रतिशत बढ्यो । लगातार दुई महिना मूल्य घटे पनि पेट्रोलको मूल्य अपरिवर्तित भएको छ । १२ महिनामा सीपीआई दुई दशमलव नौ प्रतिशतले बढेको छ ।
सन् २०२२को जुनमा वार्षिक उपभोक्ता मूल्यवृद्धि नौ दशमलव एक प्रतिशतको उच्चतम विन्दुबाट धेरै तल झरको छ । अहिले मुद्रास्फीति फेडको दुई प्रतिशत लक्ष्यतिर सर्दै गएको छ ।
एलपीएल फाइनान्सियलका प्रमुख अर्थशास्त्री जेफ्री रोचले विश्व अर्थतन्त्रले अर्को झट्का अनुभव नगरेसम्म फेडले सेप्टेम्बरमा एक चौथाई प्रतिशतले ब्याजदर घटाउने सम्भावना रहेको बताए । उनले फेडले आधार प्रतिशतले ब्यादर कटौती गर्ने सम्भावना पनि बलियो बन्दै गएको पनि बताए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान
- मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु
- बजार परिसुचक २६ सय ३७ बिन्दुमा
- उद्योगको विरोधबीच अमेरिकाले चिनियाँ वस्तुमा बढायो कर
- जापानमा गर्मी
- बंगलादेशमा नियमित विद्युत् आपूर्तिमा समस्या
- पाकिस्तानलाई एडीबीको ऋण सहयोग
- रूस र युक्रेनबीच २०६ युद्धबन्दी आदानप्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया