श्रीलंकाले ३० लाख पर्यटक भित्र्याउने
कोलम्बो । श्रीलंकाले सन् २०२५ मा ३० लाख विदेशी पर्यटक आउने अपेक्षा गरेको छ । यसका लागि सेप्टेम्बरको दोस्रो हप्तादेखि प्रचार अभियान सुरु गर्ने श्रीलंका पर्यटन प्रवद्र्धन विभागका प्रबन्ध निर्देशक नलिन परेराले बताए ।
पहिलो चरणमा चीन, बेलायत, फ्रान्स, जर्मनी र भारतलाई लक्षित गरी अभियान सञ्चालन गरेको परेराले जानकारी दिए । परेराका अनुसार, दोस्रो चरणमा रूस, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, पोल्याण्ड, इटाली, स्क्यान्डिनेभिया क्षेत्रलाई लक्षित गरिनेछ ।
यी अभियानका कारण अर्को वर्ष पर्यटक आगमनमा सात लाखले वृद्धि गर्ने अपेक्षा गरिएको छ । श्रीलंकामा अगस्ट १२ सम्ममा १२ लाखभन्दा बढी पर्यटक आइपुगेका छन् भने आगामी गरी अक्टोबरदेखि डिसेम्बरसम्म थप ११ लाख पर्यटक आउने अपेक्षा गरिएको छ । साथै, श्रीलंकाले सन् २०२४ मा २३ लाख पर्यटक भित्रिने पूर्वानुमान गरेको छ ।
श्रीलंकामा पर्यटन क्षेत्र वैदेशिक राजस्व प्राप्त गर्नेमध्ये एक प्रमुख माध्यम हो । यहाँ पर्यटनबाट सन् २०२४ को पहिलो सात महिनामा एक अर्ब ८८ करोड अमेरिकी डलरभन्दा बढी आम्दानी भएको छ । अघिल्लो बर्षको तुलनामा चालू वर्षमा पर्यटनबाट हुने आम्दानी ७३ दशमलव ३० प्रतिशतले बढेको श्रीलंकाको केन्द्रीय बैंकले आफ्नो पछिल्लो साप्ताहिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
- क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
- अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
- लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने
- अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
- फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक
- अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
- बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया