Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा म्यान्मारलाई ३५ करोड डलरको आपत्कालीन कोष उपलब्ध गराउने

अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा म्यान्मारलाई ३५ करोड डलरको आपत्कालीन कोष उपलब्ध गराउने


अमेरिका, असार १४
अन्तर्राष्ट्रिय मुद्रा कोषले म्यान्मारलाई कोभिड–१९ महामारीका कारण सिर्जना भएको आर्थिक संकटलाई व्यवस्थापन गर्न ३५ करोड ६० लाख ५० हजार अमेरिकी डलरको ऋण सहायता उपलब्ध गराउने भएको शुक्रबार जानकारी गराइएको छ । दक्षिणपूर्वी एसियाली मुलुक म्यान्मारमा कोरोनाभाइरसको महामारीका कारण अर्थतनत्रमा परेको प्रभावसँग जुझ्नका लागि उक्त ऋण सहयोग गरिएको कोषले जानकारी गराएको छ ।

‘म्यान्मारमा कोरोनाभाइरस महामारीका कारण पर्यटन व्यवसाय तथा विप्रेषणबाट हुने आम्दानीमा व्यापक गिरावट भएको जसका कारण आपूर्तिको शृंखला नै अवरूद्ध हुने अवस्थालाई मध्यनजर गर्दै ऋण सहयोगको व्यवस्था गरिएका हो’, अन्तर्राष्ट्रिय मुद्रा कोषका उप–महानिर्देशक मित्सुहिरो फुरूसावाले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।कोषले महामारीबाट प्रभावित बनेको म्यान्मारको अतिआवश्यक क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्ने तथा विकास साझेदारहरूलाई सहयोगमा भूमिका खेल्ने बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया