Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमध्यपूर्व र उत्तर अफ्रिकामा कुपोषणको सङ्कट बढ्दै

मध्यपूर्व र उत्तर अफ्रिकामा कुपोषणको सङ्कट बढ्दै


अम्मान । संयुक्त राष्ट्र संघले सोमबार मध्यपूर्व र उत्तर अफ्रिकामा कुपोषणको ‘गहिरो सङ्कट’ले एक तिहाइ बालबालिकालाई असर गर्ने चेतावनी दिएको छ ।

‘मध्यपूर्व र उत्तर अफ्रिका (एमईएनए)मा कम्तीमा सात करोड ७० लाख अर्थात् तीनमध्ये एक बालबालिका कुनै न कुनै प्रकारको कुपोषणले पीडित छन्’, संयुक्त राष्ट्र बाल एजेन्सी युनिसेफले विज्ञप्तिमा भनेको छ ।

मूल्यांकन गरिएका २० देशमा पाँच करोड ५० लाख बालबालिका मोटोपनले पीडित रहेको विज्ञप्तिमा उल्लेख छ । मोटोपनलाई युनिसेफले एक प्रकारको कुपोषण मानेको छ । युनिसेफका अनुसार थप दुई करोड ४० लाख बालबालिका पुड्कोपन र दुब्लोपनको
सिकार छन् ।

युनिसेफका क्षेत्रीय निर्देशक एडेल खोडरले साना बालबालिकामध्ये एक तिहाइलाई मात्र पौष्टिक खाना उपलब्ध गराइएको बताए । युनिसेफले सरकारहरूलाई उनीहरूको योजना र नीति बनाउँदा पोषणलाई ध्यान केन्द्रित गर्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्र संघका एजेन्सीहरूले गत महिना द्वन्द्व, आर्थिक उथलपुथल र जलवायु परिवर्तनले गत वर्ष विश्वको करिब नौ प्रतिशत जनसंख्यालाई प्रभावित तुल्याउँदै भोकमरी कम गर्ने प्रयासमा अवरोध सिर्जना गरेको बताएका थिए । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x