शेख हसिनाविरुद्ध ३१ मुद्दा दर्ता
ढाका । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनविरुद्ध नयाँ सरकार गठन भएयता अहिलेसम्म ३१ वटा मुद्दा दर्ता भएका छन् । मंगलबार मात्रै नौवटा मुद्दा दायर भएको छ । जसमा २६ हत्या, चार नरसंहार र एक अपहरणका मुद्दा छन् ।
बंगाली अखबार डेली स्टारका अनुसार बंगलादेशको एक संगठन हेफाजत–ए–इस्लामका सचिव मुफ्ती हारुन इजहार चौधरीले हसिनाविरुद्ध अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा उजुरी दिएका छन् । उजुरीका अनुसार हेफाजत–ए–इस्लामका कार्यकर्ताहरूले सन् २०१३ मे ६ मा ढाकामा निन्दाविरुद्ध कानुनको माग गर्दै विरोध प्रदर्शन गरिरहेका थिए । सो क्रममा प्रहरीले भीडमाथि बल प्रयोग गरेको थियो जुन हिंसात्मक बनेको थियो । यसमा २७ जनाको मृत्यु भएको थियो । यस मामिलामा ११ वर्षपछि हसिनाविरुद्ध नरसंहारको मुद्दा दर्ता भएको छ । यसमा हसिनाका छोरा सजीब वाजिद जोय, छोरी साइमा वाजिद पुतुल र बहिनी शेख रेहानालाई पनि आरोपी बनाइएको छ ।
यिनीहरूबाहेक अवामी लीगका महासचिव ओबैदुल कादर, पूर्वमन्त्री राशिद खान मेनन, पूर्वसेना प्रमुख अजिज अहमदलगायत हसिनाका नजिकका २३ जनाविरुद्ध उजुरी दर्ता गरिएको छ ।
हसिनाविरुद्ध हालसम्म न्यायाधिकरणमा चार मुद्दा दर्ता भएका छन् । यी चार घटनामध्ये तीनवटा घटना पछिल्लो समय विद्यार्थी आन्दोलनमा भएको हिंसासँग सम्बन्धित छन् । मोहम्मद अबुल हसन नामका एक व्यक्तिले हसिनाविरुद्ध सोमबार नरसंहारको उजुरी दिएका थिए । अबुल हसनका छोरा शहरयार हसन अल्वी विद्यार्थी आन्दोलनका क्रममा मारिएका थिए । यसअघि कक्षा ९ का विद्यार्थी आरिफ अहमदका बुबाले पनि हसिनाविरुद्ध न्यायाधिकरणमा उजुरी दिएका थिए । आरिफलाई साउन ५ गते प्रदर्शनका क्रममा प्रहरीले गोली हानेको थियो । दुई दिनपछि उनको मृत्यु भयो । ‘हामीले उजुरी दर्ता गरी अनुसन्धान सुरु गरेका छौँ’, न्यायाधिकरणका अधिकारी अताउर रहमानले भने ।
शेख हसिनाले सन् २०१० मा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) स्थापना गरेकी थिइन् । यो न्यायाधिकरण सन् १९७१ मा बंगलादेशको स्वतन्त्रता आन्दोलनका क्रममा भएको हिंसाको छानबिन गर्न स्थापना गरिएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया