Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा ट्याक्सी चालकहरूको हडताल

भारतमा ट्याक्सी चालकहरूको हडताल


नयाँदिल्ली । दिल्लीमा अटो तथा ट्याक्सी चालकहरूले अनुचित प्रतिस्पर्धा र थोरै कमाइ हुने भन्दै एपमा आधारित क्याब सेवाविरुद्ध दुई दिने हडतालको आह्वान गरेका छन् । बिहीबारदेखि सुरु भएको हडतालबाट यात्रीहरूलाई असुविधा भएको छ भने धेरै चालकले सवारी लिन अस्वीकार गरेका छन् ।

एपमा आधारित क्याब सेवाहरू अवैधरूपमा सञ्चालन भइरहेको र स्थानीय चालकहरूको शोषण गरिरहेको दिल्ली अटो ट्याक्सी ट्रान्सपोर्ट कांग्रेस युनियनका उपाध्यक्ष आरएस राठौडले बताए ।

‘ओला र उबरजस्ता कम्पनीहरूले हाम्रो पैसा खाइरहेका छन्, हामीले ओला र उबरजस्ता एपमा आधारित क्याब सेवाविरुद्ध हडताल गरेका छौँ, यी कम्पनीहरू अवैध रूपमा चलिरहेका छन् र स्थानीय चालकहरूले आफूले पाउनुपर्ने पारिश्रमिक पाइरहेका छैनन्’, उनले भने, ‘यी एपले अटो र बाइकजस्ता सबै सवारीसाधनलाई लिएका छन्, यसबाट स्थानीय चालकहरूलाई अहिले कुनै व्यवसाय छैन ।’

उनले सरकारले ध्यान नदिए भविष्यमा विध्वंश हुने सम्भावना रहेको बताए । ‘हाम्रो अत्यन्त सरल मागहरू छन्, हामी ओला र उबरलाई बन्द गर्न माग गर्दछौँ’, उनले भने ।

एपमा आधारित सेवाहरूले सवारी खोसेर आफ्नो आम्दानी घटाएको चालकहरूले गुनासो गरेका छन् । केही चालकले दैनिक खर्च पनि पूरा गर्न नपाइरहेको दाबी गरेका छन् । हडतालका कारण यात्रीहरूले कठिनाइको सामना गर्नुपरेको छ र धेरैले क्याब बुक गर्न समस्या भएको गुनासो गरेका छन् । हडतालले दिल्लीमा परम्परागत ट्याक्सी चालकहरू र एपमा आधारित सेवाहरूबीच चलिरहेको तनावलाई प्रकाश पारेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x