डाबरले भारतको तमिलनाडुमा चार अर्ब लगानी गर्ने
नयाँदिल्ली । फास्ट मुभिङ कन्ज्युमर गुड्स (एफएमसीजी) कम्पनी डाबरले तमिलनाडुमा चार अर्ब भारतीय रुपैयाँ लगानी गर्ने भएकोे छ । कम्पनीले विल्लुपुरम जिल्लामा विश्वस्तरीय उत्पादन कारखाना स्थापना गर्न तमिलनाडु सरकारसँग सम्झौता गरेको छ ।
तमिलनाडुका उद्योग मन्त्री डा. टीआरबी राजाले भने डाबरले गर्ने चार सय करोडको यो लगानीले दुई सय ५० भन्दा बढी रोजगारी सिर्जना गर्नेछ । अझ महत्वपूर्ण कुरा यसले वरपरका डेल्टा क्षेत्रका किसानहरूलाई यस उत्पादन कारखानामा प्रशोधित कृषि उत्पादनहरू बेच्ने नयाँ अवसर खोल्नेछ ।
उनले डाबर घरेलु हेरचाह, व्यक्तिगत हेरचाह र जुस उत्पादनका लागि लोकप्रिय रहेको बताए । तमिलनाडु छनोट गर्ने उनीहरूको निर्णय हाम्रो राज्यको फस्टाउँदै गइरहेको औद्योगिक इकोसिस्टम र तयार श्रमशक्तिको उपलब्धताको प्रमाण हो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
- क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
- अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
- लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने
- अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
- फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक
- अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
- बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया