Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशी पूर्वप्रधानमन्त्री हसिनाको कूटनीतिक राहदानी खारेज

बंगलादेशी पूर्वप्रधानमन्त्री हसिनाको कूटनीतिक राहदानी खारेज


ढाका । बंगलादेशको अन्तरिम सरकारले बिहीबार अपदस्थ प्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द गरेको छ । हसिनाको राहदानीका साथै पूर्वसरकारका मन्त्री र पूर्वसांसदहरूको राहदानी ‘रद्द गरिनुपर्ने’ गृह मन्त्रालयले विज्ञप्तिमा बताएको छ ।

ढाकामा हसिनाको सरकारी निवासमा भीडले आक्रमण गर्दा उनलाई सत्ताबाट अपदस्थ गर्नुअघिका हप्ताहरूमा धेरैजसो प्रहरीको गोलीबाट गरी चार सय ५० भन्दा बढीको मृत्यु भएको थियो ।

विरोध प्रदर्शनका क्रममा कथित मानवाधिकार उल्लंघनको अनुसन्धान गर्ने कि नगर्ने भन्नेबारे मूल्यांकन गर्न संयुक्त राष्ट्र संघको टोली बिहीबार बंगलादेश पुगेको छ ।

‘पूर्वप्रधानमन्त्री, उनका सल्लाहकार, पूर्वमन्त्रिपरिषद् र विघटन भएको संसद्का सबै सदस्य आफ्नो पदका आधारमा कूटनीतिक राहदानीका लागि योग्य थिए’, गृह मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यदि उनीहरूलाई पदबाट हटाइएको छ वा सेवानिवृत्त गरिएको छ भने उनीहरू र उनीहरूको पति÷पत्नीको कूटनीतिक राहदानी रद्द गरिनुपर्छ ।’

हसिनाको सरकारमाथि ठूलो मात्रामा दुव्र्यवहार गरेको आरोप लगाइएको थियो । यसमा राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्या थियो । हसिना र उनको कार्यकालमा अन्य पूर्वशीर्ष अधिकारीहरूले मानक राहदानीका लागि आवेदन दिनसक्ने तर ती कागजातहरू स्वीकृतिमा निर्भर रहने ढाकाका नयाँ अधिकारीहरूले बताएका छन् ।

‘उपर्युक्त व्यक्तिहरूले सामान्य राहदानीका लागि नयाँ आवदेन दिँदा दुईवटा सुरक्षा निकायले उनीहरूको राहदानी जारी गर्नका लागि निवेदनलाई मञ्जुरी दिनुपर्छ’, मन्त्रालयले भनेको छ । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x