भारतीय उद्योगपति अम्बानीलाई सेयरबजारमा प्रतिबन्ध
नयाँदिल्ली । भारतीय उद्योगपति अनिल अम्बानीलाई सेयरबजारमा कारोबार गर्न प्रतिबन्ध लगाइएको छ । धितोपत्र बजार नियामक निकाय सेबीले उद्योगपति अम्बानीलाई रकम दुरुपयोग गरेको आरोपमा पाँच वर्षको लागि सेयरबजारमा प्रतिबन्ध लगाएको हो । सेबीले अम्बानीलाई २५ करोड रुपैयाँ जरिबाना पनि तिराएको छ ।
सेबीले अम्बानीलाई सूचीकृत कम्पनीमा सञ्चालक हुन पनि प्रतिबन्ध लगाएको छ । यसबाहेक रिलायन्स होम फाइनान्स (आरएचएफएल) का पूर्वप्रमुख अधिकारीहरूसहित २४ वटा संस्थाहरूलाई पनि स्टक बजारमा कारोबार गर्न प्रतिबन्ध लगाएको छ । उनीहरु सबैलाई फरकफरक जरिबाना तिराएको छ । रिलायन्स होम फाइनान्स कम्पनीलाई छ महिनाको लागि प्रतिबन्ध लगाएको छ भने छ लाख जरिबाना तिर्न
भनेको छ ।
सेबीले अमित बापनालाई २७ करोड, रविन्द्र सुधाल्करलाई २६ करोड र पिंकेश आर शाहलाई २१ करोड रुपैयाँ जरिबाना लगाइएको छ । यस्तै रिलायन्स युनिकोर्न इन्टरप्राइजेज, रिलायन्स एक्सचेन्ज नेक्स्ट र अन्य कम्पनीहरूलाई रकम दुरुपयोग गरेको आरोपमा प्रत्येकलाई २५ करोड रुपैयाँ जरिबाना तिराएको छ ।
सेबीद्वारा जारी २२२ पृष्ठको अन्तिम आदेशअनुसार, अनिल अम्बानीले आरएचएफएल अधिकारीहरूको सहयोगमा पैसा हिनामिना गरेका थिए । अम्बानीको यो खबर बाहिरिएसँगैे उनको लगानी रहेको रिलायन्स इन्फ्राको सेयर मूल्य शुक्रबार झण्डै १४ प्रतिशतले घटेको थियो । सेबीको प्रतिबन्धपछि अनिल अम्बानीको कम्पनी रिलायन्स इन्फ्रा, रिलायन्स होम फाइनान्स र रिलायन्स पावरमा गिरावट आएको छ । सबैभन्दा बढी रिलायन्स इन्फ्रा १४ प्रतिशत, रिलायन्स होम फाइनान्स पाँच दशमलव १२ प्रतिशत र रिलायन्स पावर ५ दशलमवल शून्य एक प्रतिशतले घटेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी
- नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा: मन्त्री दाहाल
- इन्द्रजात्राको अवसरमा कन्या कुमारीहरुको सामूहिक पूजा सम्पन्न
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
- ‘नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून’
- सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा
- नेपाल मेडिकल कलेजको अध्यक्षमा अन्सारी
- सातबुँदे घोषणापत्र जारी गर्दै सकियो युथ समिट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया