Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय किसान र व्यापारीले नेपालमा भुइँकटहर निर्यात रोक्ने

भारतीय किसान र व्यापारीले नेपालमा भुइँकटहर निर्यात रोक्ने


पश्चिम बंगाल, असार १५
नेपाल र भारतबीचको सीमा विवादसँगै नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय किसान र व्यापारीले पश्चिम बंगालबाट यो वर्ष भुइँकटहर नेपाल निर्यात नगर्ने बताएका छन् । बीबीसी हिन्दीका अनुसार पश्चिम बंगाल राज्यका भुइँकटहर उत्पादक किसानले नेपाल निर्यात नगर्ने बताएका हुन् ।

बंगालको उत्तरी क्षेत्रका भुइँकटहर किसानले उक्त निर्णय गरेको बताइएको. छ । उक्त क्षेत्रमा बंगालमा उत्पादन हुने भुइँकटहरमध्ये ८० प्रतिशत उत्पादन हुन्छ । बंगालको पाइनापल मर्चेन्ट्स एसोसिएसनको तथ्यांकअनुसार २० हजार हेक्टरमा भुइँकटहर खेती हुन्छ । वर्षेनी करिब साढे ६ अर्बको यसकै कारोबार हुने गर्छ । एसोसिएसनका अनुसार हरेक वर्ष नेपालमा तीन हजार मेट्रिक टन अर्थात् १२ देखि १८ करोड भारुको भुइँकटहर निर्यात हुने गर्छ ।

कोरोनाभाइरसपछि लागू भएको लकडाउनले यसै पनि भुइँकटहर सस्तिएको छ । किसानहरुले नोक्सानी व्यहोरे पनि बरु सस्तोमा भारतमै बेच्ने र नबिके सड्न दिने तर नेपाल निर्यात नगर्ने भारतीय व्यापारीहरुले बताएका छन् । दार्जिलिङ जिल्लाको सिलिगुडी जस्ता सहरमा नेपाली समुदायको बाक्लो बसोबास छ । सीमा विवादपछि नेपाली समुदायलाई समेत अप्ठ्यारो परेको बताइएको छ । नेपाली भूमि अतिक्रमण गर्दै लिपुलेकमा सडक निर्माण तथा उद्घाटन भारतीय पक्षले गरेसँगै नेपालले उक्त भूमिहरु लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई आफ्नो भन्दै नयाँ नक्सा जारी गरिसकेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया