Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वभर कोरोना संक्रमितको संख्या एक करोड पुग्यो

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड पुग्यो


मेरिल्यान्ड, असार १५
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या विश्वभर एक करोड पुगेको छ । पछिल्लो विवरणअनुसार विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ४ लाख ९८ हजार ८ सय ९५ जनाको मृत्यु भएको उल्लेख छ । करिब ५० लाख संक्रमित व्यक्ति निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएका छन् ।

चीनको वुहानबाट उत्पत्ति भएको भाइरसबाट संयुक्तराज्य अमेरिका सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ । अमेरिकामा १ लाख २५ हजार ५३९ जनाको मृत्यु भइसकेको छ । विश्वमै सबैभन्दा बढी व्यक्ति संक्रमित देखिएको अमेरिकामा हालसम्म २५ लाख १० हजारभन्दा बढी मानिस प्रभावित छन् । दोस्रो बढी संक्रमित भेटिएको मुलुक ब्राजिल छ ।

यहाँ हालसम्म १३ लाख १४ हजार व्यक्ति संक्रमित भएका र करिब ५७ हजारको मृत्यु भएको छ । अमेरिका, भारत, डेनमार्क र इटाली समेतका विश्वमा अतिप्रभावित मुलुकहरुले कोरोनाभाइरस फैलिनेक्रम तिब्र रहेकै अवस्थामा लकडाउन खुकुलो बनाउन थालेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया