स्वायत्त ड्राइभिङ टेक्नोलोजी विकास गर्दै बीएमडब्लू
जर्मनी । जर्मनीको कार निर्माता बीएमडब्लूले स्वायत्त ड्राइभिङ टेक्नोलोजी विकास गर्ने भएको छ । बीएमडब्लू समूहले उत्तरपूर्वी चीनको लिओनिङ प्रान्तको राजधानी सेनयाङमा रहेको अनुसन्धान र विकास केन्द्रमा यस वर्षको अन्त्यमा सुरु हुने नयाँ सुविधासहितको स्वायत्त ड्राइभिङ प्रविधिको विकासलाई तीव्रता दिने जनाएको छ ।
सेनयाङ केन्द्रले यस वर्ष सेप्टेम्बर र डिसेम्बरमा एक स्वायत्त ड्राइभिङ डाटा प्रोसेसिङ सेन्टर र एक स्वायत्त ड्राइभिङ परीक्षण कार्यशाला खोल्ने योजना बनाएको बीएमडब्लू समूहले जनाएको छ ।
डाटा प्रोसेसिङ सेन्टरले स्वायत्त ड्राइभिङ टेस्ट डाटालाई कुशलतापूर्वक प्रशोधन गर्न मद्दत गर्नेछ । स्वायत्त ड्राइभिङ परीक्षण कार्यशालाले मुख्य रूपमा नयाँ स्थानीय मोडेलका लागि स्वायत्त ड्राइभिङ कार्यहरू प्रमाणीकरण गर्नेछ ।
चिनियाँ अनुसन्धान र विकास (आरएन्डडी) टोलीले स्वायत्त ड्राइभिङ टेक्नोलोजीको सम्भावना र सीमाहरू विस्तार गर्ने र उच्चस्तरको स्वायत्त ड्राइभिङ टेक्नोलोजीको प्राप्तिमा जोड दिने कार निर्माताले बताए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
- क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
- अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
- लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने
- अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
- फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक
- अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
- बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया