१२ वर्षसम्म ३० मिनेट मात्र सुत्ने जापानी पुरुष
टोकियो । जापानका एक व्यक्ति विगत १२ वर्षदेखि दिनमा ३० मिनेट मात्र सुत्ने गरेका छन् । डाइसुके होरी नामका ४० वर्षीय पुरुषले आफूले आफ्नो शरीर र दिमागलाई ३० मिनेटभन्दा बढी निदाउनु नपर्ने गरी प्रशिक्षित गरेको बताएका छन् । उनले आफ्नो काम गर्ने क्षमता बढाउन कम निदाउने गरेको बताएका छन् ।
होरी पेसाले व्यवसायी हुन् । उनी हप्ताको १६ घण्टा जिममा बिताउँछन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार होरीले १२ वर्ष पहिले कम सुत्ने बानी सुरु गरेका थिए । उनले सन् २०१६ मा जापान सर्ट स्लीपर ट्रेनिङ एसोसिएसन पनि खोलेका थिए । त्यहाँ उनले जनतालाई स्वास्थ्य र निद्रासम्बन्धी कक्षाहरू दिन्छन् ।
होरिले आफ्नो ट्रेनिङ सेन्टरमा हालसम्म २१ सय विद्यार्थीलाई थोरै समय सुत्दा पनि स्वस्थ रहने उपाय सिकाएका छन् । होरीले भने, ‘जबसम्म खेलकुद र व्यायाम गरिरहनुभएको छ, तबसम्म कुनै समस्या हुँदैन । खाना खानुभन्दा एक घन्टाअघि कफी पिउनु पनि यसमा फाइदाजनक हुन्छ । यसले निद्रा र थकान दुवैलाई रोक्छ ।
जापानको योमिउरी टीभीले पनि होरीको दिनचर्यामा शो गरेको थियो । यसमा टीभीले होरीको तीन दिनको सम्पूर्ण कार्य दिन रेकर्ड गरेको थियो । यस अवधिमा एक दिन उनी २६ मिनेट मात्र सुते । धेरै घन्टा सुत्नुभन्दा राम्रो निन्द्रा महत्वपूर्ण हुने होरी बताउँछन् । ‘हामी केही समयको लागि पनि राम्रोसँग सुत्न सक्छौँ भने, लामो निद्राको आवश्यकता पर्दैन’, उनले भने ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
- क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
- अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
- लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने
- अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
- फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक
- अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
- बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया