भारतमा जीडीपी वृद्धि सात प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण
नयाँदिल्ली । विश्व बैंकले आर्थिक वर्ष २०२४/२५ को लागि भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि प्रक्षेपण छ दशमलव छ प्रतिशतबाट सात प्रतिशत पुर्याएको छ । विश्व बैंकका देशीय निर्देशक (भारत) अगस्टे तानो कोउमेले गत आर्थिक वर्ष २०२४ मा भारतीय अर्थतन्त्र आठ दशमलव दुई प्रतिशतको दरले वृद्धि भएको जुन सबैभन्दा छिटो भएको बताए ।
भारतको अर्थतन्त्र अझै राम्रो गतिमा बढिरहेको छ । यस्तो अवस्थामा विश्व बैंकले चालू आर्थिक वर्षको आर्थिक वृद्धिको अनुमान बढाएको छ ।
आरबीआईले आर्थिक वर्ष २०२५को लागि सात दशमलव दुई प्रतिशतमा भारतको जीडीपी वृद्धि अनुमान राखेको थियो । उही समयमा, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले आर्थिक वर्ष २०२४/२५को लागि भारतको जीडीपी वृद्धि अनुमान शून्य दशमलव २० प्रतिशितबाट सात प्रतिशतसम्म बढाएको थियो ।
जीडीपी अर्थतन्त्रको स्वास्थ्य ट्र्याक गर्न प्रयोग गरिने सबैभन्दा सामान्य सूचकहरूमध्ये एक हो । जीडीपीले एक निश्चित समयमा देशभित्र उत्पादन भएका सबै वस्तु र सेवाहरूको मूल्य देखाउँछ । यसमा देशको सीमाभित्र उत्पादन गर्ने विदेशी कम्पनी पनि परेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
- क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
- अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
- लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने
- अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
- फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक
- अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
- बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया