भेनेजुएलाका राष्ट्रपतिको निजी जेट अमेरिकाद्वारा जफत
वासिङ्टन । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको लक्जरी जेट जफत गरेको छ । समाचार एजेन्सी एपीका अनुसार अमेरिकी अधिकारीहरूले यो जेट ठगीपूर्वक किनेको र तस्करीमार्फत अमेरिकाबाट बाहिर लगिएको आरोप लगाएका छन् ।
डोमिनिकन रिपब्लिकमा मादुरोको लक्जरी जेट ‘डास्सल्ट फल्कोन ९००इएक्स’ जफत गरिएको छ । यो क्यारिबियन सागरमा अवस्थित ल्याटिन अमेरिकी देश हो । सीएनएनका अनुसार अमेरिकी अधिकारीहरूले सोमबार विमानलाई अमेरिका लगेका थिए ।
यस जहाजको मूल्य १३ करोड डलर छ । अमेरिकी अधिकारीहरुले यो लक्जरी जेट मादुरोसँग सम्बन्धित व्यक्तिहरुले आफ्नो पहिचान लुकाएर किनेका थिए । यसका लागि उनले क्यारेबियन सेल कम्पनी प्रयोग गरेको अमेरिकाको आरोप छ ।
उनीहरुले सन् २०२३मा अवैधरुपमा विमान लगेका थिए । अमेरिका र भेनेजुएला सरकारहरुबीच व्यापार लेनदेनमा प्रतिबन्ध छ । रिपोर्टका अनुसार मादुरोको जेट सान मारिनोमा दर्ता भएको थियो । भेनेजुएलाका प्रधानमन्त्रीले पनि यो विमान धेरै पटक विदेश भ्रमणमा जाँदा प्रयोग गरेका थिए ।
निजी जेट पहिले अमेरिकामा दर्ता गरिएको थियो र फ्लोरिडामा सिक्स जी एभिएसनको स्वामित्वमा थियो । यो एक दलाल हो जसले प्रयोग गरिएका विमानहरू किन्ने र बेच्ने गर्छ । रेकर्डका अनुसार विमान खरिद गर्न दिइएको ठेगाना सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स थियो । पछि यसलाई सान मारिनोमा दर्ता गरी भेनेजुएला पठाइयो । अमेरिकाले ठगी पत्ता लागेपछि जनवरी २०२३ मा उक्त विमानको दर्ता रद्द गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
- क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
- अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
- लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने
- अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
- फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक
- अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
- बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया