Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमाछा मार्नेहरु रहेको डुंगा दुर्घटनामा फिलिपिन्समा १४ जना बेपत्ता

माछा मार्नेहरु रहेको डुंगा दुर्घटनामा फिलिपिन्समा १४ जना बेपत्ता


मनिला, असार १६
फिलिपिन्सको समुद्री तटमा भएको डुंगा दुर्घटनामा परी १४ जना मानिस हराइरहेका छन् । समुद्रमा सामान ढुवानी गर्ने साधनसँग माछा मार्ने डुङ्गा ठोक्किएर भएको दुर्घटनापछि डुङ्गामा रहेका व्यक्तिहरु हराइरहेका हुन् । दुई रात अघि भएको दुर्घटनापछि हराइरहेकाहरुलाई सोमबारसम्म पनि केही पत्ता लगाउन नसकिएको अधिकारीहरुले जनाएका छन् ।

सामानवाहक साधनसँग ठोक्किएपछि डुङ्गा पानीमा पल्टिएको उनीहरुले जानकारी दिएका छन् । माम्बुराओ सहरदेखि २७ किलोमिटर टाढा पर्ने ठाउँमा आइतबार विहानको राति दुर्घटना भएको जनाइएको छ । बेपत्ता भएकाहरुलाई बन्दरगाह सुरक्षाकर्मी र हेलिकोप्टरले संयुक्त रूपमा खोजी कार्य जारी गरेका छन् । बेपत्ता भएका १४ जना मध्ये १२ जना माछा मार्ने व्यक्ति र दुई जना यात्रु रहेका बन्दरगाह सुरक्षा कार्यालयका प्रवक्ता अर्मान्डो बालिलोले बताउनुभयो । हङकङको ध्वजावाहक ढुवानी साधनले माछा मार्नेहरुको डुंगालाई ठक्कर दिएको उनको भनाइ छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया