कराँची, असार १६
बन्धुकधारीहरुले पाकिस्तान स्टक एक्सचेन्जमा सोमबार आक्रमण गरेका छन् । प्रहरीका अनुसार प्रहरीको कारबाहीमा आक्रमणकारीमध्येका चार जनाको मृत्यु भएको छ । कराँचीका प्रहरी प्रमुख गुलाम नबी मेमोनले आक्रमणकारीले ट्रेडिङ स्थलको बाहिर कार ल्याएर राखेका र त्यसपछि ग्रिनेड र बन्दुक प्रहार गरेको जानकारी दिए । उनले आक्रमणकारी चार जनाको प्रहरी कारबाहीमा मृत्यु भएको जानकारी दिए ।
एएफपीका अनुसार आक्रमणकारीको गोली लागेर चार जना सुरक्षागार्ड, एक जना प्रहरी र एक व्यक्तिको मृत्यु भएको छ । कराँचीमा अपराध र राजनीतिक तथा जातीय हिंसाबाट प्रताडित रहने गरेको छ । राजनीतिक संरक्षणप्राप्त बन्धुकधारीहरुले बेलाबखत विपक्षी नेताहरु तथा आवासीय क्षेत्रमा आक्रमण गर्ने गरेको इतिहास छ । तर, कराँचीको सुरक्षा व्यवस्था पछिल्ला वर्षहरुमा निकै सुधार भएको छ ।
पाकिस्तानी सुरक्षाकर्मीले राजनीति आडमा सञ्चालित आपराधिक गिरोह र इस्लामिक चरमपन्थीमाथि व्यापक कारबाही गरेपछि परिस्थितिमा सुधार आएको हो । पाकिस्तानमा अखडा बनाएका अल–कायदा र तालिबान समर्थित पाकिस्तानी लडाकुले पाकिस्तानका कुनै पनि क्षेत्रमा आक्रमण गर्ने सामर्थ्य राख्ने सुरक्षाविज्ञहरुको भनाइ छ ।
स्थानीय महानगरका अधिकारीहरुका अनुसार गत साता पनि महानगरमा भेला भएका व्यक्तिमाथि लक्षित गरी एक आपराधिक समूहले गरेको ग्रिनेड आक्रमणबाट एक व्यक्तिको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए । सन् २०१८ मा पृथकतावादी लडाकु समूहले कराँचीस्थित चिनियाँ महावाणिज्यदूतावासमा दिउँसो गरेको आक्रमणमा चार जनाको ज्यान गएको थियो । (रासस–एएफपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय
- मुख्यमन्त्री कँडेललाई विश्वासको मत
- आगलागीबाट ७९ घर जले, एकको मृत्यु
- उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
- डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा डंगोल नियुक्त
- सिटिजन लाइफद्वारा जेन जेड लक्षित कार्यक्रम सञ्चालन
- सय दिनको रोजगारीको लागि १५ हजार बढीको आवेदन
- सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया