Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकार्दाशियनले बेचिन् कस्मेटिक ब्रान्डको २० करोडको सेयर

कार्दाशियनले बेचिन् कस्मेटिक ब्रान्डको २० करोडको सेयर


अमेरिका, असार १६
रियालिटी टिभी स्टार तथा समाजसेवी मोडल किम कार्दाशियन वेस्टले आफ्नो कस्मेटिक व्यवसाय २० करोड अमेरिकी डलरमा फ्रेन्च सौन्दर्य कम्पनी कोटीलाई बिक्री गरेकी छिन् । यो बिक्रीले आफूलाई विश्वसामु पुग्न सहज हुने उनको भनाइ छ । कार्दाशियन चर्चित सेलिब्रिटी हुन् । उनका फलोअर सामाजिक सञ्जालमा ३० करोड भन्दा धेरै छन् । गत जनवरीमा कोटीले कार्दाशियनकी बहिनी कायली जेनरको ६० करोड डलरको सेयर खरिद गरेको थियो ।

जेनरजस्तै कार्दाशियनले पनि २००० को दशकको अन्त्यतिर रियालिटी टिभी शो किपिङ अप विथ कार्दाशियनमार्फत विश्व चर्चा बटुलेकी थिइन् । उनले सन् २०१७ मा पहिलो कस्मेटिक रेन्ज लन्च गरेकी थिइन् । कोटीसँगको सम्झौतामा गरिएको मूल्यांकनअनुसार त्यसको मूल्यांकन १ अर्ब डलरको छ । सम्झौताअनुसार कोटीले केकेडब्लुको २० प्रतिशत र यसको छाला, कपाल र नङ सुरक्षा सामग्रीको रेखदेखको दायित्व आफूले लिएको छ । विश्वकै ठूलो सौन्दर्य कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्ने एउटा महत्वपूर्ण सम्झौता यसलाई मानिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया