Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायती प्रधानमन्त्री स्टारमर आयरल्यान्ड भ्रमणमा

बेलायती प्रधानमन्त्री स्टारमर आयरल्यान्ड भ्रमणमा


आयरल्यान्ड । ब्रेक्जिटपछि युरोपेली संघ (ईयू) राष्ट्रसँग बिग्रिएको सम्बन्ध पुनस्र्थापना गर्ने उद्देश्यले बेलायतका प्रधानमन्त्री किर स्टारमरले शनिबार आयरल्यान्ड भ्रमण सुरु गरेका छन् । यो पाँच वर्षयता बेलायती नेताको पहिलो आयरल्यान्ड भ्रमण हो ।

डाउनिङ स्ट्रिटले अघिल्लो कन्जर्भेटिभ सरकारको शासनकालमा बिग्रिएको द्विपक्षीय सम्बन्धलाई जोड्दै यो भ्रमणलाई ‘संयुक्त राह्य (युके)–आयरल्यान्ड सम्बन्धका लागि ऐतिहासिक क्षण’ भनेर वर्णन गरेको छ ।

आयरल्यान्डका समकक्षी साइमन ह्यारिसले स्टारमरलाई डब्लिनमा स्वागत गरेका हुन् । ‘यो भ्रमणले बेलायत र आयरल्यान्डबीचको सहयोग र मित्रताको नयाँ युगलाई चिह्नित गर्दछ’, स्टारमरको कार्यालयले आयरल्यान्ड भ्रमण घोषणा गर्दै एक विज्ञप्तिमा भन्यो ।

युके–आयरल्यान्ड सम्बन्ध ‘कहिले पनि आफ्नो पूर्ण क्षमतामा पुगेको छैन र म यसलाई परिवर्तन गर्न चाहन्छु’, डाउनिङ स्ट्रीटले जारी गरेको टिप्पणीमा स्टारमरले भने ।

बेलायतीहरूले सन् २०१६ मा एउटा ऐतिहासिक जनमतसंग्रहमा युरोपेली संघबाट बाहिरिने पक्षमा मतदान गरेका थिए र वर्षौँको राजनीतिक विभाजन र गतिरोधपछि अन्ततः सन् २०२० मा देश युरोपेली संघबाट बाहिरिएको थियो ।

कन्जर्भेटिभ पूर्वप्रधानमन्त्री बोरिस जोनसनको यो कदमलाई आयरल्यान्ड र उत्तरी आयरल्यान्डको ब्रिटिश प्रान्तबीचको सम्बन्धलाई अस्थिर पारेको भन्दै आलोचना गरिएको थियो ।रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x