बाइडेन बने अमेरिकी इतिहासमा सबैभन्दा बढी बिदा लिने राष्ट्रपति
वासिङटन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो चारवर्षे कार्यकालमा पाँच सय ३२ दिन बिदा लिएका छन् । न्युयोर्क पोस्टको रिपोर्टका अनुसार ८१ वर्षीय बाइडेनले राष्ट्रपति पद ग्रहण गरेको एक हजार तीन सय २६ दिन भएकोे छ । बाइडेनले यी दिनको ४० प्रतिशत बिदा लिएका छन् । उनले चार वर्षमा जम्मा सात सय ९४ दिन काम गरेका छन् ।
रिपोर्टका अनुसार बाइडेनले हरेक १० दिनमा चार दिन बिदा लिएका छन् । अमेरिकामा कुनै पनि व्यक्तिले प्रत्येक वर्ष औसत ११ दिन बिदा पाउँछन् । यसका अनुसार बाइडेनले चार वर्षमा जति बिदा लिएका छन्, एक साधारण अमेरिकी व्यक्तिलाई ४८ वर्ष लाग्छ ।
बाइडेनले लिएिको बिदा अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिले लिएको सबैभन्दा धेरै हो । यसअघि ट्रम्पले आफ्नो कार्यकालमा एक हजार चार सय ६१ दिनमा २६ प्रतिशत अर्थात् तीन सय ८१ दिन बिदा लिएका थिए ।
जब कि बराक ओबामा र रोनाल्ड रेगनले आफ्नो कुल कार्यकालको ११ प्रतिशत दिन मात्र बिदा लिएका थिए । जिम्मी कार्टरले राष्ट्रपतिको रुपमा ७९ दिन मात्रै बिदा लिएका थिए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया