जलवायु परिवर्तनबाट अस्ट्रेलियाका पर्यटकीय स्थलहरू खतरामा
सिडनी । अस्ट्रेलियाका ६८ प्रतिशत पर्यटकीय स्थलहरूले जलवायु परिवर्तनबाट ठूलो जोखिमको सामना गर्नुपर्ने एक प्रतिवेदनमा जनाइएको छ ।
जुरिच फाइनान्सियल सर्भिसेज अस्ट्रेलिया र अर्थशास्त्र परामर्श फर्म मन्डला पार्टनर्सद्वारा प्रकाशित अस्ट्रेलियाको पर्यटन उद्योगका लागि पहिलो जलवायु जोखिम सूचकांकमा राष्ट्रिय निकुञ्ज, संग्राहलय, विमानस्थल र समुद्र तटहरूसहित अस्ट्रेलियाको आधा पर्यटन सम्पत्तिहरू हाल आगलागीजस्ता जलवायु जोखिमहरूबाट संवेदनशील रहेको उल्लेख छ ।
जलवायु परिवर्तन जारी रहेकाले जोखिममा रहेका पर्यटकीय स्थलहरूको अनुपात ५५ देखि ६८ प्रतिशतसम्म पुग्ने प्रतिवेदनले जनाएको छ । चरम विश्वव्यापी तापक्रम परिदृश्यअन्तर्गत औसत तापक्रम पूर्व–औद्योगिकस्तरभन्दा तीन डिग्री सेल्सियसले बढ्दा अस्ट्रेलियाका ८० प्रतिशत पर्यटकीय स्थलले जोखिममा वृद्धि अनुभव गर्ने सूचकांकले अनुमान गरेको छ ।
अस्ट्रेलियाका सबै ३१ व्यस्त विमानस्थलहरू तूफान र आँधीको सम्पर्कका कारण दुई उच्च जलवायु जोखिममा आउने र यसमा ९४ प्रतिशत सबैभन्दा चरम जोखिम श्रेणीमा पर्ने प्रतिवेदनले जनाएको छ ।रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना
- जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता
- ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु
- ‘संसद्को आगामी अधिवेशनले प्रहरीसम्बन्धी विधेयक पारित गर्ने’
- ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र
- कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
- हात्ती आक्रमणबाट मृत्यु
- प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ: अध्यक्ष दाहाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया