श्रीलंकाद्वारा वित्तीय स्थिरता कोष स्थापना गर्ने प्रस्तावलाई अनुमोदन
कोलम्बो । श्रीलंकाको मन्त्रिपरिषद्ले एक अर्ब श्रीलंकाली रुपैयाँ (तीन करोड ३० लाख अमेरिकी डलर)को प्रारम्भिक विनियोजनका साथ वित्तीय स्थिरता कोष स्थापना गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।
राष्ट्रपति रनिल विक्रमासिंघेले कोष स्थापना गर्न स्वीकृति माग गर्दै मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको सूचना विभागले जनाएको छ । श्रीलंकाको केन्दीय बैंकले समाधान ढाँचालाई सुदृढ तुल्याउने कार्यलाई नियमन गरिएका वित्तीय संस्थाहरूको सङ्कट व्यवस्थापन ढाँचाअन्तर्गत तत्काल प्राथमिकता दिनुपर्ने मान्यता दिनुपर्ने विभागले बताएको छ ।
बैंकिङ (विशेष प्रावधान) ऐनअन्तर्गतका संकल्प उद्देश्यहरूको पूर्ति सुनिश्चित गर्न र यसद्वारा प्रदान गरिएका समाधान प्रक्रियाहरूलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न वित्तीय स्थायित्व कोष स्थापना गरिनुपर्ने विभागले जनाएको छ ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा वित्तीय क्षेत्रमा स्थायित्व तथा सुधार कार्यक्रमअन्तर्गत श्रीलंकाले यस वर्ष २० करोड अमेरिकी डलर ऋण प्राप्त गर्ने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना
- जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता
- ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु
- ‘संसद्को आगामी अधिवेशनले प्रहरीसम्बन्धी विधेयक पारित गर्ने’
- ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र
- कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
- हात्ती आक्रमणबाट मृत्यु
- प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ: अध्यक्ष दाहाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया