लाखौँ सिरियाली भोकमरी संकटमा पर्न लागेको अन्तर्राष्ट्रिय संस्थाहरुको भनाइ
दमास्कस, असार १७
लाखौँ सिरियाली नागरिक भोकमरीको संकटमा पर्न लागेको विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले जनाएका छन् । गएको करिब एक दशकदेखि गृह युद्धमा फसेको सिरियामा लाखौँ नागरिक खाद्य संकट झेल्नु परिरहेको भन्दै आगामी केही समयमै उनीहरु भोकमरीको संकटमा पर्न लागेको जानकारी दिएका छन् । एएनआईका अनुसार नर्वेजियन शरणार्थी परिषद, अक्सफाम, केयर लगायतका विश्वका गैरसरकारी संस्थाहरुले सिरियामा कम्तीमा पनि ९० लाख शरणार्थीहरु भोकमरीको समस्यामा पर्न लागेका जनाएका छन् । उनीहरुले यस्तो संकट निकै नजिकै आइरहेको भन्दै यसका लागि आवश्यक सहयोग गर्न दाता राष्ट्रहरुका साथै अरु पनि आवश्यक संघसंस्थाहरुलाई आग्रह गरेका छन् ।
पश्चिमा शक्ति राष्ट्रहरुले द्वन्द्वग्रस्त सिरियामा मानवीय सहायताका सामग्री तत्काल पठाउन संयुक्त राष्ट्रसंघलाई यसअघि नै आग्रह गरेका थिए । सिरियन सरकार अन्तर्राष्ट्रिय दाताबाट प्राप्त सामग्रीको व्यवस्थित वितरण गर्न असक्षम रहेको भन्दै बेलायत, फ्रान्स र अमेरिकाले हवाई मार्गबाट भएपनि त्यहाँका केही स्थानमा सहायता सामग्री पु¥याउन विगतदेखि नै राष्ट्रसंघलाई आग्रह गरेका हुन् । केही महिना मात्र अघि पनि सिरियामा कार्यरत इन्टरनेशनल सिरिया सहयोग समूहले समस्याग्रस्त क्षेत्रहरुमा खाद्यान्नलगायतका सहायता सामग्री नपु-याए गम्भीर मानवीय संकट आउन सक्ने बताएको थियो ।
सिरियाका विद्रोही समूहको नियन्त्रणमा रहेका त्यहाँका दरायालगायतका क्षेत्रमा विगतदेखि नै निकै थोरै मात्रामा सहायता सामग्री वितरण गरिएको र त्यसमा खाद्यान्न समेत नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका थिए । ती स्थानहरुमा सरकारले हवाई मार्गबाट सामान पठाउने बारेमा पनि पटक पटक राष्ट्रसंघको सुरक्षा परिषदमा विगतदेखि नै छलफलहरु हुने गरेको थियो । अहिले पछिल्लो समयमा आएर पनि खाद्यान्नको अभावका कारण सिरियाका कैयौँ क्षेत्रहरुमा भोकमरीको फैलिएको छ । अबका केही सममयै भोकमरीको अवस्था कम्तीमा पनि ९३ लाख सिरियाली नागरिकसम्म पुग्नसक्ने बताइएको हो ।
द्वन्द्वग्रस्त सिरियाका ५० लाखभन्दा बढी मानिसले कष्टकर जीवन विताइरहेको राष्ट्रसंघले जनाएको छ । तीमध्ये विभिन्न समूहद्वारा नियन्त्रित क्षेत्रमा बसोबास गर्ने १० लाखभन्दा बढीको अवस्था झन् नाजुक बन्दै गएको पनि पाइएको छ । हाल सिरियामा कोरोना भाइरसका कारण उत्पन्न संकटका कारण पनि खाद्य सामग्रीहरु अभाव भएको हो । कैयौँ सिरियालीहरुलाई तत्कालै दाता समूह, संयुक्त राष्ट्रसंघ आदिले खाद्यान्न प्रदान गर्ने काममा राम्रोसँग नहेर्ने हो भने यसले यहाँका लाखौँलाख नागरिकलाई समस्यामा पार्ने निश्चित देखिएको ती दाताहरुले जनाएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नपर्छः राष्ट्रपति
- जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु
- दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध
- सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री
- बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
- नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
- ओहोदाको प्रमाणपत्र प्रस्तुत
- भगवती लेमिनेट्सको शंकास्पद आगलागी प्रकरणमा शिखर इन्स्योरेन्सको स्वीकृति
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया