Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमोदीको प्राथमिकता विज्ञान, प्रविधि र सुरक्षामा

मोदीको प्राथमिकता विज्ञान, प्रविधि र सुरक्षामा


नयाँदिल्ली । भारतले आफूलाई प्रतिस्पर्धी अर्थतन्त्रको रुपमा स्थापित गर्न विज्ञान, प्रविधि, ऊर्जा र सुरक्षामा महत्वपूर्ण प्रगतिलाई प्राथमिकता दिएको छ । ‘मोदी ३.०’ नामले परिचित प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारले करिब १५ लाख करोड (भारतीय रुपैयाँको परियोजनाहरू सुरु गरेको छ । यसमा विज्ञान, प्रविधि, ऊर्जा र सुरक्षाका क्षेत्रमा भएका प्रमुख विकासहरू समावेश छन् ।

मुख्य पहलहरूमा अन्तरिक्ष स्टार्टअपका लागि एक हजार करोडको उद्यम पुँजी कोषको स्थापना, अगस्ट १६ मा एसएसएलभी–डी३ मा इओएस–०८ उपग्रहको सफल प्रक्षेपण, ५० हजार करोड रूपैयाँको विनियोजनमा राष्ट्रिय अनुसन्धान कोषको स्थापना र १० हजार पाँच सय करोडबाट ‘विज्ञान धार’ योजनाको सुरुआत समावेश छन् ।

यसबाहेक गुजरातको सानन्दमा तीन हजार तीन सय करोड रुपैयाँको लगानीमा अर्धचालक एकाइ (सेमीकन्डक्टर युनिट) स्थापना गरिनेछ । यसको उत्पादन क्षमता प्रतिदिन ६० लाख चिप्स हुनेछ ।

प्राविधिक प्रगतिहरूले स्वदेशी अर्धचालक सुविधाहरूको स्थापनासँगै देशलाई दोस्रो ठूलो मोबाइल उत्पादक बनाएको छ । साथै विपद् व्यवस्थापनका लागि राष्ट्रिय डाटाबेस र ग्रामीण भूमि अभिलेखका लागि भुवन पञ्चायत पोर्टल सिर्जना गरिएको छ ।

ऊर्जा र सुरक्षाको क्षेत्रमा प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले उत्तरपूर्वी क्षेत्रमा जलविद्युत् परियोजनाहरूलाई स्वीकृति दिएको छ । जनताका लागि एक सय दिनको लागि सात हजार चार सय ५० करोड रुपैयाँको वायु उर्जा परियोजनाहरुको लागि स्वीकृति पनि दिनेभएको छ ।

राष्ट्रिय हरित हाइड्रोजन मिसनमा, दोस्रो किस्ता इलेक्ट्रोलाइजर उत्पादनको लागि उपलब्ध गराएको छ । जसले घरेलु इलेक्ट्रोलाइजर उत्पादन क्षमता प्रतिवर्ष साढे एक गिगावाट पुर्याउने विश्वास गरिएको छ ।

मोदी–सरकारले वृक्षरोपण र वातावरणीय पुनस्र्थापनाका लािग हरित ऋण कार्यक्रम पनि ल्याएको छ । मोदीले जुन ९ मा राष्ट्रपति भवनमा तेस्रो कार्यकालको लागि प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए । भारतीय जनता पार्टी र यसका सहयोगीहरुका ७१ सांसदहरु पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) सरकारमा सामेल भएका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x