अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
ढाका । अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन अमेरिकी डलरबराबरको सहयोग गर्ने घोषणा गरेको छ । सहयोगका लागि बंगलादेशको अर्थ मन्त्रालयका अतिरिक्त सचिव एकेएम शाहबुद्दीन र अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएड)का निर्देशक रिड जे. एश्लिमानले ढाकामा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
यसै सिलसिलामा बंगलादेश र अमेरिका बीच ‘विकास उद्देश्य अनुदान सम्झौता’मा छैटौँ संशोधन पनि भएको छ । बंगलादेशको अर्थ मन्त्रालयका अनुसार यो सहयोग युवाको कल्याण, स्वास्थ्य सेवा सुधार र व्यापार अवसर बढाउन प्रयोग गरिने बताइएकोे छ ।
यूएसएडले यो रकम अमेरिकी कृषि विभाग, सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा उपलब्ध गराउनेछ । यूएसएडका अनुसार यसको उद्देश्य सुशासन, सामाजिक विकास र अर्थिक अवसरहरुको प्रवर्द्धन गर्नु रहेको छ ।
सेप्टेम्बर १५ मा अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डलले बंगलादेशको भ्रमण गरेका छन् । प्रतिनिधिमण्डलमा अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया ब्युरोका सहायक विदेशमन्त्री डोनाल्ड लु पनि सहभागी थिए । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले ढाकामा उक्त प्रतिनिधिमण्डलसँग भेटवार्ता गरिसकेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया